शिक्षाविदहरुको दावी, ‘शिक्षा सुधारे विमानस्थलको भीड घट्छ’
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १४:४०:४८
१३ फागुन, बलेवा (बागलुङ) । ‘हाम्रो शिक्षामा कमीकमजोरी छन् । शिक्षाले देशको भूमि हिमाल, पहाड र तराई जोड्न सक्नुपर्छ’ यो भनाइ शिक्षाविद् डा राजेन्द्र केसीको हो । शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नुपर्ने उनकोे भनाइ छ ।
“हिजोआज समाचारमा त्रिभुवन विमानस्थल, विप्रेषण र रोजगारीको क्रममा अलपत्र परेका, विदेशमा मृत्यु भएका समाचार धेरै आउने गरेका छन्”, शिक्षाविद् केसीले भने, “युवापुस्ता विदेशिने क्रम बढ्नु, हाम्रो शिक्षा प्रणालीले रोजगारी पाउने खालका जनशक्ति उत्पादन नगर्नु नै हो । ती समाचारका कारण पनि शिक्षा प्रणाली हो ।” शिक्षा प्रणाली सुधार गरी व्यावहारिक र रोजगारमुखी शिक्षा दिन सके विमानस्थलको भीड घट्ने उनले दाबी गरे ।
बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तेस्रो दिन ‘राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन’ सम्मेलन आयोजना भएको थियो । सम्मेलनमा केसीलगायत शिक्षा क्षेत्रका जानकारको उपस्थिति थियो । सम्मेलनमा आएका धेरैले शिक्षा प्रणालीका कारण युवा विदेश जान बाध्य भएका भन्दै चिन्ता व्यक्त गरे ।
“नेपालीले एक सय ७१ देशमा काम गरिरहेका छन् । तर आफैँ देश बनाउन काम गरेनन्”, केसीले भने, “अहिले दैनिक युवा विदेशिरहेका छन् । मुलुकका १८ विश्वविद्यालय खाली हुँदै गएका छन् ।”
शिक्षालाई सीप र सीपलाई स्वरोजगारीसँग जोड्नुपर्ने तर्क पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा प्रेमनारायण अर्यालले गरे । “हामीले विद्या दिएनौँ । शिक्षा दिन थाल्यौँ । विद्या दिएको भए नम्र र चरित्रवान हुने थिएँ,” उनले भने, “शिक्षालाई सीपसँग जोडनुपर्यो । विद्या र शिक्षालाई सँगसँगै लैजाने शिक्षा प्रणालीको विकास गर्नुपर्छ ।”
अर्यालले राजनीति भनेको राम्रो नीति बनाउने भए पनि झगडा गराउने नीति जस्तो बनाइएको बताए । “राजनीति भनेको राम्रो नीति हो । उच्चतम नीति हो । यहाँ राजनीति भनेको झगडा गराउने नीति भएको छ”, उनले भने ।
विश्वविद्यालय राजनीतिक भर्ना केन्द्रका रुपमा विकास भएकामा अर्यालले चिन्ता व्यक्त गर्नुभयो । तोडफोड र अनुशासन उलङ्घन गर्नेहरु नै नीति बनाउने ठाउँमा पुग्ने गरेका उनको जिकिर थियो ।
धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा रामप्रसाद उपाध्यायले मातृभाषा र स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्न नसक्दा विद्यार्थीलाई मुलुकमा रोक्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे । समय र सन्दर्भ अनुसार पाठ्यक्रम परिवर्तन गरेर जनशक्ति सीप सिकाएर लाई यही प्रयोग गर्नुपर्ने उनको धारणा छ ।
सम्मेलनमा प्राध्यापक डा विद्यानाथ कोइरालाले सोच एउटा बोक्ने काम अर्को गर्ने प्रवृत्तिका कारण वर्तमान शिक्षा प्रणालीमा समस्या देखिएको बताए । उनले विशवविद्यालयका प्रमुखमा अन्तरदलीय चिन्तन बनाउँन नसक्दा समस्या भइरहेको उल्लेख गरे ।
“अन्तरदलीय सरकार हुन्छ”, प्रा डा कोइरालाले भने ,“अन्तरदलीय चिन्तन बनाउने नेतृत्व हुँदैन । समस्या त्यहीबाट भइरहेको हो ।” उनले अहिलेका बालबालिकाको शक्ति प्रविधि भएकाले प्राविधिक शिक्षामा बढी जोड दिनुपर्ने बताए ।
“अहिलेका बालबालिकालाई प्रविधिसँग अभ्यस्त बनाउने किसिमको शिक्षा दिनुपर्छ । अलिकति किताबसँग, अलिकति जिन्दगीसँग र अलिकति आफ्नै अनुभूतिसँग जोडिदियो भने गतिलो अनुसन्धानकर्ता बन्छन् । अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय जगतमा काम गरेर मनग्य आम्दानी गर्न सक्छन्”, प्रा डा कोइरालाले भने, “अहिले पुस्तक बोकेर हिँड्ने भन्दा पनि ज्ञान कम्प्युटरमा सबै हुन्छ । यसलाई प्रभावकारी रुपमा प्रयोग गर्न सिक्नुपर्छ । शिक्षक र शिक्षामा लाग्नेले यसको प्रयोगमा ध्यान दिनु आवश्यक छ ।”
संस्कारसहितको शिक्षा अभियन्ता अन्जु भट्टराईले अहिले संस्कारसहितको शिक्षाको आवश्यकता रहेको बताए । उनले नयाँ लक्ष्य, उद्देश्य र संस्कारसहितको प्रविधिसँग जोड्ने शिक्षा दिनु अहिलेको आवश्यकता रहेको बताए ।
मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भइरहेको छ । यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक विविध कार्यक्रम र सम्मेलन हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार