एसीसी पुरुष प्रीमियर कपको तालिका सार्वजनिक, नेपाल समूह ए मा
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १५:१३:५५
१३ फागुन, काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरिएको छ । ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिँदै छन् ।
जसमा समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यसैगरी समूह बी मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।
एसीसी प्रिमियर कपमा कम्बोडिया र साउदी अरेबिया एसीसी मेन्स च्यालेन्जर्स कपबाट छनौट भएर आएका हुन् भने अन्य ८ देश आईसीसी टी २० वरीयताका आधारमा प्रिमियर कप खेल्ने भएका हुन् ।
समूह ए मा रहेको नेपालले पहिलो खेल अप्रिल १२ मा मलेसियासँग खेल्ने भएको छ । त्यस्तै नेपालले दोस्रो खेल अप्रिल १३ मा कतारविरुद्ध खेल्नेछ भने तेस्रो खेल अप्रिल १५ मा हङकङविरुद्ध खेल्नेछ । त्यसैगरी नेपालले आफ्नो अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ ।
समूह चरणका खेलपछि दुवै समुहका शिर्ष २-२ देश सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ मा हुनेछ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे समेत राखिएको एसीसीले जनाएको छ ।
एसीसी प्रिमियर कपको विजेताले २०२५ को एशिया कपमा छनौट हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
स्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार