कांग्रेसले आफूलाई मात्र नभएर अरु पार्टीलाई पनि रुपान्तरण गराउनुपर्छः सिटौला
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १५:२०:३१
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसले आफूलाई मात्र नभएर अरु पार्टीलाई पनि लोकतन्त्रका पक्षमा रुपान्तरण गराउनुपर्ने बताएका छन् । उनले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् ।
आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा उनले पार्टीहरूलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए ।
कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । सिंगो राष्ट्रलाई एकतावद्ध गरेर बलियो राष्ट्र निर्माण गर्नुपर्ने भन्दै त्यसका निम्ति पार्टीभित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्ने सिटौलाले आवश्यकता औंल्याए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणाली, यसको शासकीय स्वरूप, संघीयताअन्तर्गत तीन तहको सरकारलाई कांग्रेसले निर्देश गर्नुपर्ने उनको भनाइ छ ।
लोकतान्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने संविधानको लक्ष्य भएको र राज्यका सम्पूर्ण संयन्त्रहरूलाई जनताको हितमा, संविधान बमोजिम प्रयोग गरेर समुन्नत राष्ट्र निर्माण गर्न कांग्रेसे सक्नुपर्ने उनले बताए । नेपाली कांग्रेसको अरु पार्टीको भन्दा अलि बढी दायित्व छ जस्तो मलाई लाग्छ, उनले भने, ‘हामी संगठनले थोरै हौँ अथवा धेरै । अन्य पार्टीभन्दा नेपाली काँग्रेस पार्टीको दायित्व सदैव बढी हुन्छ । शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ । अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार