अग्रिम घुस लिएको उजुरी परेपछि केयूकेएलको सीईओ नियुक्ति प्रक्रिया स्थगित, बनाइयो छानविन समिति
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १५:४३:११
१३ फागुन, काठमाडौं । सञ्चालक समितिले नियुक्ति अगाडि नै घुस लिएको आरोप लागेपछि खानेपानी मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया स्थगित गरेको छ । केयूकेएल सञ्चालक समिति सदस्यहरूले निवेदकबाट अग्रिम घुस लिएको आरोप लागेपछि सीईओ नियुक्ति प्रक्रिया रद्द गरिएको हो ।
रिक्त सीईओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न गठित सीईओ छनोट सिफारिस समितिमा बहुमत सदस्य नभई छनोट प्रक्रिया सुरु गरेर आठ जनाको संक्षिप्त सूची तयार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि नियुक्ति प्रक्रिया स्थगित गरिएको मन्त्रालयले जनाएको छ । सीईओ मन्त्रालयले नियुक्ति प्रक्रियाबारे छानबिन गर्न एक समिति गठन गरेको जनाएको छ ।
खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक माधव तिवारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर प्रभात श्रेष्ठ र मन्त्रालयका कानुन उपसचिव राजाराम दाहाल सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार