दुर्घटनामा परेका नागरिकलाई गाउँपालिकाले बीमा खर्च दिने
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १६:२५:०
१३ फागुन, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका नागरिकलाई दुर्घटना बीमामार्फत उपचार बापतको रकम भुक्तानी गरेको छ । पालिकाभित्रका सबै नागरिकको निःशुल्क रुपमा सामूहिक दुर्घटना बीमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका दुई जनालाई रकम भुक्तानी गरेको हो ।
बीमा पोलिसीअनुसार उपचारका क्रममा खर्च भएको रकम बीमामार्फत भुक्तानी गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । “खाटमा सुतेका बेला लडेर घाइते भएका वडा नं ७ स्थित बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते भएकी कल्पना श्रेष्ठलाई वडामा पुगेर उपचारखर्च उपलब्ध गराएका हौँ”, उनले भने, “पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग गरेको सम्झौताअनुसार दुर्घटनामा परेका नागरिकले उपचार खर्च पाएका छन् ।”
गत असार ३१ गते खाटबाट लडेर घाइते भएका रेग्मीले उपचारका लागि खर्च भएको रु नौ हजार पाँच सय ७० र गत कात्तिक २ गते मिलले हात काटेर घाइते भएकी श्रेष्ठले रु तीन हजार तीन सय २५ बीमामार्फत प्राप्त गरेका हुन् ।
पालिकाभित्रका सबै १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरिएको अध्यक्ष बन्जराले बताए। राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदनका आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरिएको उनको भनाइ छ ।
अध्यक्ष बन्जराले भीमसेन थापा गाउँपालिका स्थायी घर भएका नागरिक कुनै प्रकारको दुर्घटना परे उपचार बीमा पोलिसी अनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले रु ५० हजार पाउने गरी पालिकाले निःशुल्क दुर्घटना बीमा गरिदिएको बताए ।
कम्पनीसँगको सम्झौता अनुसार दुर्घटनामा परेका दुवैजना बिमितले पोलिसीको अधिनमा रही सक्कली बिल बुझाएपछि कम्पनीले गाउँपालिकालाई रकम उपलब्ध गराएको कार्यक्रमका फोकलपर्सन जीवन सुर्खेतीले जानकारी दिए । उनका अनुसार उक्त रकम पालिकाले बिमितलाई हस्तान्तरण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार