तीन पुस्ताले खिचेको फोटो एकैसाथ प्रदर्शन हुने [ फाेटाेफिचर ]

नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १६:४४:२९

१३ फागुन, भक्तपुर । भक्तपुर पर्यटन विकास समितिले भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्रीप्रसाद बनेपाली, उनका छोरा केदार र नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोहरुको प्रदर्शनी गर्ने भएको छ ।
उनीहरुले भक्तपुर, काठमाडौ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदासँगसँगै यहाँको रहनसहन, जात्रापर्व तथा रितिरिवाज, संस्कृति झल्कने फोटोहरुको प्रदर्शनी गरिने भएको छ । प्रदर्शनी फागुन १८ र १९ गते, भक्तपुर दरबार क्षेत्रमा हुनेछ । २ दिने प्रदर्शनी बिहान १० देखि बेलुका ५ बजेसम्म खुला रहनेछ ।
बनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक–फरक काल खण्डको भक्तपुरको फोटोहरुले यहाँको परिवर्तित जीवनशैली मात्र झल्काउँदैन यहाँका सम्पदाहरुमा आएको परिवर्तन पनि छर्लङ बनाउने भक्तपुर पर्यटन विकास समितिले विश्वास लिएको छ ।
प्रदर्शनीले भक्तपुरको सांस्कृतिक वैभव तथा आर्थिक एवं सामाजिक क्षेत्रमा आएको सकारात्मक परिवर्तनसमेत उजागर गर्ने विश्वास लिइएको छ ।
प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६ दर्जन तस्बिर राखिनेछ । एउटै परिवारको तीन पुस्ताले खिचेका तस्वीरहरुको प्रदर्शनी सम्भवतः भक्तपुरको मात्र होइन, नेपालकै पहिलो हुनुपर्ने समितिको भनाइ छ ।
प्रदर्शनीमा तीन पुस्ताले फरक–फरक समयमा एउटै कोणबाट खिचेको एउटै सम्पदाका तस्वीरहरु पनि हेर्न सकिनेछ । यसले भक्तपुरको सम्पदाको परिवर्तित स्वरुपबारे नयाँ पुस्तालाई जानकारी मिल्ने विश्वास गरिएको छ । प्रदर्शनीमा राखिएका सम्पदाको तस्वीरहरुमध्य केही अहिले अस्तित्वमा समेत छैन्। जुन तस्बिरले आगामी दिनमा ती सम्पदाहरुको मौलिक स्वरुपमा पुननिर्माण गर्न सघाउन टेवा दिने केदार बनेपालीले बताए ।
विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा हुने प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नेछन् । भक्तपुर दरबार क्षेत्र स्थित तहा सत्तलमा हुने प्रदर्शनीमा राखिएका तस्वीरहरु अवलोकन सँगै बिक्रीको लागि पनि उपलब्ध हुनेछन् ।
बद्री प्रसाद बनेपाली
वि.सं. १९७२ सालमा जन्मिएका बद्री प्रसाद बनेपाली भक्तपुरकै सम्भवत पहिलो व्यावसायिक फोटोग्राफर हुन् । १४ वर्षको उमेरमै भारत गएर फोटोग्राफी तालिम लिएर फर्केपछि केही वर्षसम्म घर घरमा गई फोटो खिचे । उनले २०१० सालमा आफ्नै घरमा दत्तात्री स्टुडियो सञ्चालन गरेर भक्तपुरमा व्यावसायिक फोटोग्राफी सुरु गरेका थिए । प्रदर्शनीमा बद्री प्रसाद बनेपालीले ८० वर्ष अधि खिचेका तस्बिरहरु रहनेछन् ।
केदार प्रसाद बनेपाली
बुबा बद्री प्रसादको प्रेरणामा १२ बर्षमै केदार प्रसाद बनेपालीले फोटोग्राफी सुरु गरेका थिए । बुबाको फोटो स्टुडियोमा फोटो खिच्ने, धुलाउने काम गरेका केदार २०४३ सालमा नेपाल टेलिभिजनको लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता भए । २०६६ सालमा टेलिभिजन रिपोर्टिङ छोडेर आफ्नै दत्तात्री स्टुडियोमा आबद्ध हुँदै आएका छन् । प्रदर्शनीमा करिब ५० वर्षअघि केदार बनेपालीले खिचेका तस्बिरहरु राखिनेछन् ।
सुनी बनेपाली
बुबा केदारसँग फोटोग्राफी सिकेकी सुनी सम्भवतः भक्तपुरकै पहिलो महिला फोटो पत्रकार हुन् । उनले केही समय नेपाल टेलिभिजनको भक्तपुर संवाददाता भई काम गर्नुका साथै भक्तपुरको मजदुर दैनिक र काठमाडौँको नेपाल समाचार पत्रमा फोटो पत्रकारको रुपमा काम गरेकी थिइन् । उनले करिब ३० वर्षअघि खिचेको फोटोहरु प्रदर्शनीमा रहनेछन् ।
किसन बनेपाली
बुबा केदार र दिदी सुनीको संगत र प्रेरणाले गर्दा किसनले पनि १२ वर्षको उमेरमै फोटोग्राफी सुरु गरे । बुबाले नभ्याएको बेला नेपाल टेलिभिजनको लागि भिडियो रिपोर्ट खिच्ने गरेका किसन च्यानल नेपालका लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता भएर समेत काम गरे । उनी हाल हजुरबुबा बद्री प्रसाद र बुबा केदार प्रसादले निरन्तर सञ्चालन गर्दै आएको दत्तात्री स्टुडियोको व्यवस्थापन हेर्दै आएका छन् । उनले २०/३० वर्षअघि खिचेको तस्बिरहरु प्रदर्शनीमा राखिने छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामपुरको स्वरूप फेरिँदै
फागुन १२, २०८१ सोमबार
न्हु पोखरी संरक्षणका लागी महानगरले भत्कायो घरटहरा [ फोटो फिचर ]
फागुन १२, २०८१ सोमबार
महाशिवरात्रि : नागा बाबाहरु जन्तीसहित अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिर प्रवेश गरे
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार