एनएफपिको आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार ११:३:२८
१४ फागुन, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।
आगामी चैत १७ गते हुने उक्त प्रतियोगतामा विगत वर्षमा झैं यसवर्ष पनि विभिन्न सञ्चार संस्थामा आबद्ध भएका फोटो पत्रकार तथा पत्रकारहरुको टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको एनएफपिजेका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।
उनका अनुसार उक्त प्रतियोगिताको तयारीका लागि सानो भर्याङस्थित स्वस्तीश्री गुरुकुल स्कुलमा फुटसल प्रशिक्षण सुरु गरिएको छ । आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा बंगलादेशको फोटो पत्रकार र नारायणगञ्ज क्वलका सदस्यहरूबीच तय भएको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल एनएफपिजेले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संस्थाका साथीहरू स्वस्थ पनि रहुन र अन्य संघसंस्थासँग पनि मैत्रिपूर्ण खेल खेल्न सकियोस् भन्ने उद्देश्यले फुटसल मार्फत प्रशिक्षण थालेको एनएफपिजेका अध्यक्ष वन्तले बताए ।
यसअघि गतवर्ष असारमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २५ औँ वार्षिक उपलक्ष्यमा पनि फुट्सल प्रतियोगिता आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार