संसदमा प्रमुख विपक्षी दल एमालेले देखायो पुरानै रुप
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १२:५:३९
१४ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गरेर बैठक अवरुद्ध गरेको छ । एमालेले यसअघि सुन प्रकरणमा जस्तै निरन्तर संसद अवरोध गर्ने नीति लिएको देखिन्छ । सभामुख देवराज घिमिरे पटक पटक आग्रह गर्दै आफूले सरकारलाई जवाफ दिन रुलिङ गरेको भन्दा समेत उसले नसुनी बैठक अवरुद्ध गरेको हो ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ–अफ्नो स्थानमा उभिएर नाराबाजी गरे । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए । एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।
एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेको हो ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची महत्त्वपूर्ण रहेको भन्दै कार्यसूची अगाडि बढाउनमा सहयोग गर्न आग्रह गरेका थिए । प्रतिनिधिसभाको सोमबारको दैनिक कार्यसूचीमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने रहेको छ ।
सभामुखको आग्रहपछि एमालेले सरकारले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेको थियो । यसअघि आकस्मिक समय लिएर एमालेका सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरूको राजीनामा माग गरिएको विषय, किसान, मिटरब्याजीलगायतका विषयमा संसद्मा उठेका प्रश्नको जवाफ माग गरेका थिए ।
सांसद बास्कोटाले प्रतिपक्षले बारम्बार उठाएका प्रश्नको बेवास्ता गरिएको भन्दै प्रश्न पार्टीको तर्फबाट जवाफ माग गरेका थिए । ’एउटै कुरा बारम्बार उठाइ राखिएको छ । सरकारको कानमा रुवा कसैले हालिदिएको छ ? जनप्रतिनिधिमूलक संस्थामा विपक्षी दलहरूले उठाएको कुरा नजरअन्दाज गरिरहेको छ,’ बास्कोटाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार