बाँकेमा राजस्व विवादका सात मुद्दा न्यायाधीकरणमा दर्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १४:७:२
![](https://nepalbahas.prixacdn.net/media/albums/mudda_MTabC84AxG_6fFAXknqck.jpeg)
१४ फागुन, राँझा (बाँके)। चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् ।सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम गरी साविकको मध्य र सुदूरपश्चिमका २४ जिल्ला कार्यक्षेत्र रहेर करसम्बन्धी मुद्दा हेर्ने अदालत राजस्व न्यायाधीकरण नेपालगञ्जमा चालु आवको हालसम्म सात मुद्दा दर्ता भएका राजस्व न्यायाधीकरण कार्यालयका स्रेस्तेदार शेरबहादुर चन्दले जानकारी दिए ।
“कार्यक्षेत्र ठूलो भए पनि मुद्दाको सङ्ख्या भने न्यून हुने गरेको छ”, उनले भने, “आन्तरिक राजस्व र भन्सार कार्यालयले तोकेको करमा चित्त नबुझे करदाताले हामीकहाँ मुद्दा दर्ता गर्ने व्यवस्था छ ।”
भन्सार र राजस्व छलीको प्रमाणका आधारमा भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयले गर्ने जरिवानामा चित्त नबुझे करदाताले राजस्व न्यायाधीकरणमा न्यायका लागि मुद्दा दर्ता गर्ने व्यवस्था रहे चन्दले जानकारी दिए । उनका अनुसार यसक्षेत्रका उद्योगी व्यवसायी तथा करदाताले न्यूनमात्रामा मुद्दा दर्ता गर्ने गरेका छन् ।
“कर निर्धारणका विषयमा असूली गर्ने (सरकार) र तिर्ने ९करदाता० बीच विवाद भएपछि न्यायका लागि राजस्व न्यायाधीकरणमा मुद्दा पुग्ने गर्छ”, स्रेस्तेदार चन्दले भने, “विवाद कम भएर वा करदातालाई जानकारीको अभावले पनि कमै मात्रामा मुद्दा दर्ता हुने गरेका छन् ।”
कार्यालयमा परेका मुद्दाको इजलासमा कानुन व्यवसायीको बहसपछि न्यायाधीशबाट आदेश हुने गर्दछ । राजस्व न्यायाधीकरणमा हाल प्रत्येक शुक्रबार उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशबाट मुद्दाको सुनवाइ र आदेश हुने गरेको स्रेस्तेदार चन्दले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा आयकर, मूल्यअभिवृद्धि कर र भन्सारसँग सम्बन्धित मुद्दा पर्ने गरेका छन् । कार्यक्षेत्र ठूलो भए पनि अधिकांश मुद्दा बाँके जिल्लाका पर्ने गरेका छन् । चालु आवमा दर्ता भएका सात मुद्दामध्ये दुईवटा फछ्र्यौट भइसकेका मुद्दा फाँटका नायव सुब्बा ईश्वरी रोकायले बताए । उहाँका अनुसार कार्यालयले गत आवसम्म दर्ता भएका र जिम्मेवारी सरी आएका ६२ मुद्दामध्ये छ वटाको फछ्र्यौट भई ५६ मुद्दा चालु अव २०८०र८१ मा जिम्मेवारी सरी आएको छ ।
अहिले राजस्व न्यायाधीकरणमा आयकर, मूल्यअभिवृद्धि कर र भन्सारसँग सम्बन्धित ६१ मुद्दा फैसला हुन बाँकी रहेको रोकायको भनाइ छ । कार्यालयले मुद्दाको आधारमा आयकर, मूल्यअभिवृद्धि कर र भन्सारसँग सम्बन्धित कार्यालयमा वार्षिक रुपमा निरीक्षणसमेत गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन
फागुन ४, २०८१ आइतबार
‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार