पुनःनिर्माणसँगै तङ्ग्रिदै बझाङ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १५:२७:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/nirman-2-e1625051062190_3fdnWYimce_Ll6e8oGCuk.jpeg)
१४ फागुन, बझाङ । भुकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनः निर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको ६.५ रेक्टर स्केलको भुकम्पले यस जिल्लाका अधिकांश भौतिक संरचनामा क्षति भएको थियो ।
भुकम्पले सदरमुकामसहित अन्य पालिकाका, विद्यालय, सरकारी भवन र निजी घर क्षति पुर्याएको विवरण सार्वजनिक भएको थियो । जाजरकोट पछि दोस्रो क्षति व्यहोर्नु परेको बझाङमा सरकार तथा विभिन्न दातृसंस्थाको प्राविधिक र आर्थिक सहयोगमा पीडितको घाउमा मलमपट्टी लगाउने कार्यको थालनी भएको छ ।
पहिलो चरणमा घर बाहिर रहेका पीडितलाई अस्थायी बसोवासका लागि टहरा निर्माण गरी उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्लाको दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
भूकम्प अहिले पनि जानेक्रम जारी छ । हालसम्म आउँदा भूकम्पका सायौँ धक्का बझाङवासीले महसुस गरिसकेका छन् । गत सातामात्रै जिल्लाको पाराकाट्ने ठाउँलाई केन्द्रविन्दु बनाई गएको चार रेक्टर स्केलको भुकम्पले थप त्रसित बनाएको स्थानीय बताउँछन् ।
अहिले अस्थायी टहराको सहयोगमा बझाङ तंग्रिरहेको छ । भूकम्पपीडित हाल अस्थायी टहरामा बसिरहेका छन् । ती टहरा भूकम्प प्रतिरोधात्मक रहेका स्थानीय शिवराज उपाध्यायले बताए । उनका अनुसार टहरा निर्माणमा सरकारी र गैरसरकारी संस्था लागिरहेका छन् । घर जीर्ण भएपछि अस्थायी टहरामा बस्न बाध्य भएको उनको भनाइ छ ।
“छिमेकीसँगै टहरामा बसिरहेका छौँ । धक्का प्रायजसो सधैँ महसुस भइरहेको छ । भत्केको घरमा डर त्रासमा बस्नुभन्दा अस्थायी टहरा नै अहिलेका लागि उपयुक्त विकल्प भएको छ”, उपाध्यायले भने ।
सरकारले तीन हजार, युनएनडिपी एक सय ३०, रेडक्रसले चार सय अस्थायी टहरा निर्माण गर्नेक्रममा रहेको जनाइएको छ । त्यसमध्ये हालसम्म एघार सय ७८ निर्माण भई समुदायका पीडितलाई हस्तान्तरण भइसकेका छन् भने बाँकी निर्माणाधीन छन् । बझाङ जस्तापाता र काठको भरमा तङ्ग्रिन खोजिरहेको छ ।
हालसम्म एमपिडिएस डडेल्धुराले सेभ द चिल्ड्रेन सहयोगमा एक सय ३० अस्थायी आवास, दुई विद्यालयमा अस्थायी सिकाइ केन्द्र, पाँच विद्यालयमा शौचालय तथा खानेपानी मर्मत गरिरहेको परियोजना संयोजक त्रिभुवन बास्तोलाले बताए । यसका साथै भूकम्पमापीडित गर्भवती तथा सुत्केरीलाई आवश्यकताका आधारमा आकस्मिक परामर्श तथा सहयोग पनि गरिएको उनले जानकारी दिए । अन्य संस्थाले पनि स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरी सहयोग गरिरहेका छन् ।
जयपृथ्वी नगरपालिकामा मात्रै एमपिडिएस डडेल्धुरा, जिल्लास्थित प्रगतिशील युवा समाज, साइपाल विकास समाज, दलित सहयोग समाज, आइडिएस नेपाल, निड्स, युनिसेफ, केयर नेपाललगायत संस्थाले सहयोग गरिरहेका जनाइएको छ ।
गत असोज १६ मा गएको भुकम्पले सदरमुकाम क्षेत्र चैनपुर नजिकमा रहेका तीन विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । केही दिन विद्यालय बन्द गरी १५ दिनपश्चात् चौरमा राखेर पठनपाठ सुरु गरिएको बालविकास माविका प्रधानाध्यापक केशबहादुर खातीले जानकारी दिए । विद्यालयमा तीन वटा भवनमा ३० कोठा पूर्णरुपमा क्षति हुँदा विद्यार्थीलाई चौरमा राखेर पठनपाठन थालिएको उनले बताए ।
“सुरुमा बालबालिका विद्यालय नै आउन मान्दैन थिए । विद्यालय भवन नै भत्किँदा उनीहरूमा त्रासको वातावरण छाएको थियो”, प्रधानाध्यापक खातीले, “अभिभावक पनि कुन बेला के हुने हो भन्ने पिरोलाका कारण बालबालिकालाई विद्यालय पठाउन मान्दैनथे । अहिले अस्थायी भवन बन्दा नियमित पढाइ सुरु भइरहेको छ ।” उनका अनुसार कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा १५७ छात्रासहित २८४ विद्यार्थी अध्यनरत छन् ।
जिल्ला सदरमुकाम चैनपुर बजारबाट एक किलोमिटर मात्रै टाढा रहेकाले विद्यालयमा स्थानीय वडाका धेरै विद्यार्थी पढ्न आउने गरेका वडा नं ४ का वडाध्यक्ष ईश्वरबहादुर खातीले बताए ।
सिमलतोला, बस्ती, गोलाई, गडखेत गाउँका ४० बालबालिका बालविकास कक्षामा अध्ययन गर्न यस विद्यालयमा आउने गरेको बालविकासका शिक्षक केशरी जोशीले जानकारी दिए ।
बालविकास जस्तै बालमन्दिर आधारभूत, लुयटा आवि डिलवगर पूर्णरुपमा क्षति भएका थिए भने बाँकी रहेका विद्यालयमा पनि भुकम्पले क्षति पु¥याएको स्थानीय जनप्रतिनिधि बताउँछन् । समुदाय र घरपरिवारमा गएर भुकम्पसम्बन्धी सचेतामूलक अभियान थालनी गरेपछि नियमित कार्यमा पर्खेका जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष ईश्वर खातीले बताए ।
जिल्लाका करिब १० हजार बढी घरमा क्षति भएको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यसमा दुई हजार ४४५ निजी घर पूर्णरुपमा क्षति भएका थिए भने छ हजार ८४ घर आंशिक क्षति पुर्याएको थियो । योसँगै सरकारी भवन एक सय २३ पूर्णरुपमा र एक सय ५२ आंशिकरुपमा क्षति भएको थियो ।
भूकम्पले एक जनाको ज्यान जानसका साथै दर्जनौँ मानिस घाइते भएका स्थानीय समाजसेवी विष्णु एयडीले बताए । स्थानीय विस्तारै भूकम्पको त्रासबाट मुक्त हुन खोजिरहेका उनको भनाइ छ । मनोसमाजिक विमर्शताको तालिमसँगै भुकम्पसम्बन्धी जनचेतना फैलाउनु काम गरेपछि वातावरण सहज हुँदै गएको उनले बताए ।
भूकम्प गएको पाँच महिना बित्दा पनि विद्यार्थीले राम्रोसँग पढ्न पाएका छैनन् भने अन्य सर्वसाधारण सुत्नका लागि अस्थायी टहरा प्रयोग गरिरहेका छन् । पुनःनिर्माणको पखाईमा रहेको बझाङमा अहिले सरकारी र गैरसरकारी तवरबाट पीडितको घाउमा मलमपट्टी लगाउने कार्य भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । भुकम्पबाट सबैभन्दा बढी क्षति जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिकाले व्यहोर्नु परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति
फागुन २, २०८१ शुक्रबार
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार