गरिबी र कुपोषणविरुद्ध एकजुट भएर लड्न राष्ट्रपति अल्वीको आग्रह
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १५:२९:९
१४ फागुन, इस्लामावाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले गरिबी, कुपोषण, वृद्धावस्था र मातृ एवं नवजात शिशुको मृत्युको चुनौतीसँग लड्नका लागि मिलेर काम गर्न राष्ट्रलाई आह्वान गरेका छन्।
आइतबार यहाँ एक कार्यक्रममा उनले मुलुकमा दुई करोड ६० लाख बालबालिका विद्यालय बाहिर रहेको उल्लेख गरे। उनले चीनले स्वास्थ्य र शिक्षा क्षेत्रमा ध्यान केन्द्रीत गरेको भन्दै करिब ८० करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए । राष्ट्रपति अल्वीले पाकिस्तानले पनि सोही मोडेल पालना गर्नुपर्नेमा जोड दिए ।
मुलुकको विकासमा महिलाको भूमिकामाथि प्रकाश पार्दै उनले पाकिस्तानमा महिला सशक्तीकरणको लक्ष्यलाई प्राप्त गर्न उनीहरूका लागि स्वास्थ्य र शिक्षा सुविधाहरूको प्रावधान महत्त्वपूर्ण तत्व भएको बताए ।
उनले महिलाहरूलाई श्रमशक्तिमा सामेल गरी र उनीहरूलाई मुलुकको आर्थिक वृद्धिमा योगदान दिनका लागि सुरक्षित कामकाजी वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार