अध्यागमन विधेयक बहुमतले स्वीकृत, राष्ट्रिय सभाबाट फिर्ता
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १५:४५:३९
१४ फागुन, काठमाडौं । राष्ट्रियसभामा विचाराधीन रहेको अध्यागमन विधेयक २०७६ फिर्ता गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक सभासमक्ष पेश गरेका थिए ।
उनले सभाका उठेका प्रश्नको जवाफ दिँदै जतिसक्दो चाँडो अर्को विधेयक ल्याउने भएकाले अध्यागमन विधेयक २०७६ फिर्ता लिइएको प्रष्ट पारे । मन्त्री श्रेष्ठले अध्यागमन विधेयक, २०७६ अघिल्लो सरकारले प्रस्तुत गरी यससम्बन्धी ऐनका लागि पेश गरेको र तत्कालका लागि वर्तमान सरकारले यसलाई फिर्ता गर्ने निर्णय गरेको बताए ।
पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका फेरबदल, राष्ट्रिय सुरक्षामा सजक हुनुपर्ने परिस्थिति, अध्यागमनलाई अझ बढी व्यवस्थित र आधुनिक बनाउनुपर्नेलगायत कारणले सरकारले यसलाई फिर्ता लिने निर्णय गरेको हो । राष्ट्रिय सभाको बैठक २१ मिनेट स्थगित गरी पुनः सुरु भएको थियो ।
सभामा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभाबाट छलफल गरियोस भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १७ गते बिहीबार बिहान ११ बज बस्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार