लघुवित्त पीडित संसद प्रवेशबारे छानविन गर्न प्रहरी प्रमुखले बनाए समिति
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १७:३७:४५
१४ फागुन, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निषेधित क्षेत्र बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडित प्रवेश गरेको विषय गम्भिर भएको भन्दै छानबिन गराउन एसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
समितिलाई लघुवित्तका ऋणीहरु कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।
मिटरब्याज पीडित संसद् भवन परिसरमा प्रवेश गरेको विषयले विषयले राजनीतिक चर्चा पनि पाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेले आईजीपी बसन्त कुँवरसँग यसबारे जानकारी मागेका थिए । राजनीतिक तहमा बढी हल्ला हुन नपाउँदै प्रहरीले छानविन समिति बनाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार