वीरगंज कलेजले दुई दिने खाना तथा सांस्कृतिक मेला आयोजना गर्दै
आबिद हुसेन
फागुन १४, २०८० सोमबार १९:११:११
१४ फागुन । वीरगञ्ज वीरगञ्जमा रहेको वीरगन्ज कलेजले सिक्दै कमाउँदै कार्यक्रम’ अवधारणा अनुरूप दुई दिने खाना तथा सांस्कृतिक मेला आयोजना गर्ने भएको छ। सोमबार कलेज परिसरमै पत्रकार सम्मेलन गरेर कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले यही फागुन १८ र १९ गते खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको जानकारी दिए ।
कलेजमा अध्यनरत विद्यार्थीहरूका लागि रात्री बजारको अवधारणा अनुरूप ‘सिक्दै कमाउदै कार्यक्रम’ अन्तर्गत दुईदिने ‘खाना तथा सांस्कृतिक मेला’को आयोजना गर्न लागिएको उनले बताए ।
फाल्गुन १८ र १९ गते दुवैदिन दिउँसो २ बजेदेखि राति १० बजेसम्म खाना तथा सांस्कृतिक मेला आयोजना गरिने उनले बताए ।दुई दिने मेलामा खानाका परिकारका ३२ वटा स्टल रहने उनले बताए ।मेलामा १५ देखि २० हजार दर्शक आउने अनुमान गरिएकोपनि उनले जानकारी गराए।
मेलामा कलेजमा अध्ययनरत विद्यार्थीहरूको नृत्य, गीतहरूको पनि प्रस्तुति रहने पत्रकार सम्मेलनमा कलेजका प्रमुख विनोद गुप्ताले जानकारी दिए ।
विद्यार्थीहरूमा सिक्दै कमाउदै र उद्यमशिलताको अवधारणा विकास गर्न तथा बारा-पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रबर्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपउच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार