खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार सुरु
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार ९:२८:१०
१५ फागुन, खोटाङ । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो ।
उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्नेगरी अस्पताल भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए । “राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा अनन्त अधिकारीसँग कुराकानी गरेर उपचार सुरु गरिएको छ । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको छ”, उनले भने, “उपचारमा संलग्न डाक्टरले फुरदिकुको समस्या चाँडै ठिक हुन्छ भनेका छन् । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुन्छ । फुरदिकुको कुरुवाका रूपमा बस्ने एकजना अभिभावकलाई खाने र बस्ने व्यवस्था नगरपालिकाले गर्छ ।”
मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गालीबेइज्जत बोल्ने, बेठेगान तरिकाले हिँड्नेलगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको थियो । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो ।
आर्थिक अभावमा खोरमा थुनिएकी फुरदिकुलाई नगरपालिकाले जीपमा चढाएर सोमबार अपराह्न अस्पताल पुर्याइएको थियो । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखा पर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसबेला औषधि सेवन गराएपछि स्वास्थ्यमा सुधार भएको जनाइएको छ ।
कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएको फुरदिकुलाई पुनः गत माघ ३ गतेदेखि अस्वस्थ बनेको आमा निम्ले शेर्पाले बताएका छन्। पछिल्लो समय फुरदिकुले अचानक अनियन्त्रित व्यवहार दखाउन थालेपछि खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको थियो । फुरदिकु नुनथलाकै जालपा माध्यमिक विद्यालबाट विसं २०६७ मा एसएलसी उत्तीर्ण गरेकी छन् ।
एक छोराकी आमा फुरदिकुले विसं २०७२ मा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग विवाह गरेकाे थियाे । प्रेम विवाह गर्नुभएकी फुरदिकुको श्रीमान् दाजाङको मुटुको समस्याका कारण विसं २०७६ मा मृत्यु भयो ।
पच्चीस वर्षकै उमेरमा विधवा बनेकी फुरदिकु तीन वर्षअघि छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइतीघर नुनथला फर्केकी थिइन् । श्रीमान् दाजाङको मृत्यु भएको वर्ष दिनपछि फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरिएको बुवा पेमाछेतर शेर्पाले बताए ।
आमासँगै मावलीघर नुनथला बस्दै आएका छ वर्षीय पसनुरी कक्षा ३ मा पढ्दै आएका छन् । तीन वर्षकै उमेरमा बुवा गुमाएका पसनुरीको आमासमेत मानसिक रोगी भएपछि उनको भविष्य अन्योलमा परेको छ । मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुरदिकुको लागि शुभेच्छुकबाट आर्थिक सहयोग जुट्न थालेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवं उपचारका लागि हालसम्म ३२ दाताबाट रु ५१ हजार तीन सय १२ सहयोग सङ्कलन भइसकेको पत्रकार चिसाङ शेर्पाले जानकारी दिए ।
फुरदिकुको सहयोगमा २६ जनाबाट सङ्कलन भएको रु ३० हजार पाँच सय भने सोमबार बुवा पेमाछेतरलाई हस्तान्तरण गरिसकिएको छ । फुरदिकुका लागि जुटेको सहयोग रकम छोरा पसनुरीको शिक्षादीक्षामा उपयोग गर्नेगरी हस्तान्तरण गरिने सहयोग सङ्कलनको नेतृत्व गर्नुभएका पत्रकार चिसाङले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार