नेविसंघ विवादबारे देउवाले भने, ‘शेखर समूहलाई मिलाएर मात्र बैठक गर्नू’
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार ११:५७:०
१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघभित्र लामो समयदेखि देखिँदै आएको विवादप्रति चासो देखाएका छन् । उनले नेविसंघ भित्र आउने विवादलाई पार्टीले हस्तक्षेप गर्नुपर्ने अवस्थामा ल्याउनु दुखद भएको बताएका छन् ।
नेविसंघले आज प्रज्ञा भवन कमलादीमा पहिलो केन्द्रीय समिति बैठक राखेको छ । त्यो बैठक बस्नु अगाडि नै असन्तुष्ट रहेको शेखर कोइराला समूहका नेताहरूसँग छलफल गरी सहमति गरेर मात्र केन्द्रीय समितिको बैठक गर्न देउवाले सुझाव दिएका छन् ।
बुढानिलकण्ठस्थित निवासमा सभापति देउवालाई विवादबारे जानकारी गराउन पुगेका नेविसंघ केन्द्रीय सदस्यहरूलाई देउवाले संगठनमा सदैव लफडा मात्र गरेर हुँदैन, अब पार्टीका सबै संगठनहरुलाई विवादरहित बनाएर लानुपर्छ भनेका थिए । महासमिति बैठकले पनि पार्टीमा एक भएर जाने भन्ने सहमति भएको छ, विद्यार्थी नेताहरूले पनि यसलाई अनुशरण गरेर जानुपर्छ, सहमति गरेर मात्र बैठक गर्न देउवाले सुझाव दिएको एक विद्यार्थी नेताले नेपालबहसलाई बताए ।
कोइराला पक्षका विद्यार्थी नेताहरूले अध्यक्ष दुजाङ शेर्पाले अवैधानिक गतिविधि गरिरहेको आरोप लगाएका छन् । बैठकअघि संगठनभित्रका आन्तरिक विषय र अध्यक्षका अवैधानिक गतिविधिलाई लिएर विवाद सिर्जना नगर्न देउवाको निर्देशन छ । अध्यक्ष शेर्पाले काठमाडौंलगायत विभिन्न जिल्लामा कांग्रेस सभापति लगायतसँग परामर्श बिनै नेविसंघ जिल्ला सभापति तोकेको जस्ता निर्णय सच्याउन नेता शेखर कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्यहरूको माग गरेका थिए ।
शेखर समूहका विद्यार्थीले राखेको मागबारे अध्यक्ष शेर्पाले छलफल चलाएर सहमति निकालेपछि मात्र केन्द्रीय समितिको बैठक गर्न देउवाले निर्देशन दिएपनि शेर्पाले यसबारे पहल गरेका छैनन् । कांग्रेस कार्यसम्पादन समितिले नेविसंघलगायत भ्रातृ संस्थाका जिल्ला सभापति तोक्दा सम्बन्धित जिल्ला सभापतिसँग परामर्श गर्नुपर्ने निर्णय गरे पनि अध्यक्ष शेर्पाले अटेरी गरेको प्रति देउवाले प्रश्न उठाएका थिए ।
अध्यक्ष शेर्पाले फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकमा ०८१ असार ११ मा नेविसंघ महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गरेका थिए । त्यो कार्यतालिका सहमति विना ल्याएको भन्दै देउवाले आक्रोस पोखेका थिए । नेविसंघमा लामो समयदेखि महाधिवेशन भएको छैन । सभापति देउवाले शेर्पाको नेतृत्वमा ७१० सदस्यीय तदर्थ समिति गठन गरेका थिए । त्यसयता विवाद कायमै छ ।
सभापति देउवा निवास बूढानिलकण्ठ पुगेर मंगलबार बिहान नेता कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्यहरूले विवाद समाधान गर्न पहल गरिदिन आग्रह गरेका थिए । सोही क्षण सभापति देउवाले नेविसंघ अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर मात्रै केन्द्रीय समिति बैठक गर्न निर्देशन दिएको ती विद्यार्थी नेताले बताए ।
नेवि संघमा केन्द्रीय समिति विस्तारको सात महिनामा आजका लागि तय केन्द्रीय समिति बैठक पार्टी गुटको छायाँ देखिँदा विवादित बनेको छ । केन्द्रीय समिति बैठक बहिष्कार गरेर शेखर समूह समानान्तर बैठकको गर्ने घोषणा गरेपछि नेविसंघ विवादबारे देउवाले चासो राखेका हुन् ।
अध्यक्ष दुजाङ शेर्पाले पहिलो बैठक प्रज्ञा प्रतिष्ठानमा बोलाएका छन् । बैठकमा असारमा महाधिवेशन गर्ने कार्यतालिका सहितको प्रस्ताव लाने तयारी छ । इतर निकटले भने अध्यक्ष शेर्पाले बैठकबारे छलफल नगरेको र विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै बहिष्कार गरी समानान्तर बैठक गर्ने भएको छ ।
केन्द्रीय सदस्य भुवन भट्टका अनुसार विवाद समाधान गरेर महाधिवेशन गर्नुपर्नेमा फरक विचार समूहलाई बेवास्ता गर्दै अगाडि बढेकाले विरोध स्वरूप समानान्तर बैठक राख्ने कुराको सभापतिले विरोध गरेका छन् । केन्द्रीय समिति बैठक भनिएको छ, तर फरक विचार समूहसँग छलफल नै गरिएको छैन । त्यसको विरोधमा हामी छुट्टै बैठक राख्दै छौँ । विधान पालनाका लागि दबाब दिने र महाधिवेशन उन्मुख गराउने निर्णय गरेर अगाडि बढ्ने हाम्रो तयारी हो, उनले भने ।
अध्यक्ष शेर्पाले जिल्ला सभापतिबारे निर्णय गर्दा सम्बन्धित जिल्ला सभापतिको सिफारिसलाई नमानेर गुटगत पूर्वाग्रह राखेर एकलौटी निर्णय गरेको इतरको आरोप छ । इतर पक्षले काठमाडौं, धादिङ, सुनसरी, दोलखा, मकवानपुर, वारा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)लगायतका जिल्लामा सभापतिको सिफारिस विपरीत अध्यक्ष मनोनीत गरेको आरोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार