प्रभु र सेञ्चुरी बैंकसँग जोडिएका अरु कर्मचारी र पूर्वसञ्चालक पनि खोज्दै प्रहरी
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार १३:५९:९
१५ फागुन, काठमाडौं । प्रहरीले सेञ्चुरी बैंकबाट गाभिएर प्रभु बैंकमा आएका अन्य कर्मचारी, सेञ्चुरीका पूर्व सञ्चालक समितिमा रहेकाहरूको पनि खोजी सुरु गरेको जनाएको छ । पहिले सेञ्चुरीमा रहँदा माथिल्लो पोष्टमा बसेका कर्मचारीहरू हाल प्रभु बैंकमा पनि मिसिएर आएकाले उनीहरुको खोजी भइरहेको सीआईबीको भनाइ छ । केही सञ्चालक र अरु थप चारजना कर्मचारी पक्राउ गर्ने तयारीमा सीआईबी रहेको तर नाम भने खुलाएको छैन ।
तत्कालीन सञ्चालक समितिसहित सीईओले मिलेर गरेको ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा हाल प्रभु बैंकमा मिसिएर आएका कर्मचारी पनि दोषी देखिएकाले खोजी गरिएको हो । सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जना कर्मचारी पक्राउ परेका हुन् भने थप चार जनाको खोजी भइरहेको छ ।
२०७९ पुसमा प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले एकीकृत कारोबार सुरु गरेका थिए । प्रभु बैंकले सेञ्चुरीलाई गाभेर एकीकृत कारोबार सुरु गर्दा प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनले एकीकृत कारोबारको औपचारिक उद्घाटन गरेका थिए । त्यसयता यो बैंक अनेक विवादमा पर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकले यसअघि पनि प्रभु बैंकलाई विभिन्न शीर्षकमा कारवाही गरिसकेको छ । राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । सेञ्चुरी बैंकबाट आएका सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, सन्ध्या श्रेष्ठ, दीपेश प्रधान र रमण श्रेष्ठ पक्राउ परिसकेका छन् ।
उनीहरूसँगै पक्राउ पर्ने अन्यमा हाल प्रभु बैंकमा कार्यरत कर्मचारी दिलीप बराल, दीपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् । पक्राउ पर्ने थप ४ जनाको नाम खुलेको छैन । थप केहीको प्रहरीले खोजी गरिरहेको छ । उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तर्गतको बैंकिङ कसुरमा अनुसन्धान सुरु भएको छ ।
ऋण लेनदेनमा देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको डिजाइन र मिलेमतोमा सीईओ बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यस अघिका सिइओ तुलसीराम गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
उपेन्द्र यादवको कार्यशैली ठीक नभएको कारण नयाँ दल बनायौं : अशोक राई
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार