युक्रेनमा स्थल सेना पठाउने कल्पना सम्भव नभएकाे स्विडेनको भनाइ
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार १७:३२:५
१५ फागुन, स्टकहोम । नाटोमा सामेल हुन तयार रहेको स्विडेनले अहिले नै युक्रेनमा स्थल सेना पठाउने कल्पना नगरेको मंगलबार बताएको छ ।
आफ्नो मुलुकले ट्रान्सएट्लान्टिक सैन्य गठबन्धन 'नाटो' मा सामेल हुनका लागि अन्तिम अवरोध पार गरेको एक दिनपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले स्विडिस सार्वजनिक प्रसारक एसभिटीलाई भने, “यो अहिले विल्कुल सम्भव छैन ।
पश्चिमी नेताहरूले युक्रेनलाई रुसी आक्रमणकारी सेनालाई परास्त गर्न सहयोग गर्नका लागि स्थल सेना पठाउन अस्वीकार गर्दैन भनी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार दिएको टिप्पणीप्रति प्रधानमन्त्री क्रिस्टरसनले उक्त प्रतिक्रिया दिए ।
“अहिले हामी युक्रेनलाई उन्नत 'सैन्य' उपकरण पठाउन व्यस्त छौँ”, उनले भने । स्टकहोमले युक्रेनलाई सात अर्ब १० करोड क्रोनर '६८ करोड २० लाख अमेरिकी डलर' को रक्षा सहयोग गर्ने फेब्रुअरी २० मा घोषणा गरेको थियो । यसमा तोपखाना गोला, हवाई रक्षा, डुङ्गाहरू, खानीहरू, टर्पेडो र युक्रेनी सेनालाई प्रशिक्षण समावेश छ ।
किएभले अहिले आफ्नो तेस्रो वर्षमा रुसी आक्रमणविरुद्ध स्वयंलाई बचाउनका लागि आफूसँग हतियारको निकै अभाव भएको बताएको छ । पश्चिमी स्थल सेनाका लागि युक्रेनबाट अहिले ‘कुनै माग नभएको’ प्रधानमन्त्री क्रिस्टरसनले बताए । उनले भिन्न–भिन्न नाटो सदस्यहरूको अन्तर्राष्ट्रिय मामिलामा संलग्न हुने फरक–फरक दृष्टिकोण रहेको भन्दै फ्रान्सेली परम्परा स्विडेनी परम्परा समान नभएको बताए।
स्विडेनले अन्तर्राष्ट्रिय शान्ति सेनामा योगदान गर्दछ तर दुई शताब्दीभन्दा अघि नर्वेसँग भएको युद्धपछि कुनै पनि युद्धमा संलग्न भएको छैन । सन् २०२२ फेब्रुअरी २२ मा युक्रेनमाथि रुसको आक्रमणले स्विडेन र छिमेकी फिनल्यान्डलाई नाटोमा सामेल हुनका लागि आवेदन दिन प्रेरित गर्यो । यसबाट असंलग्नताको लामो समयदेखि उसको अडान समाप्त भयो ।
सोमबार हङ्गेरीको संसद्ले स्टकहोमको नाटोमा सामेल हुने प्रस्तावलाई अनुमोदन गरेपछि स्विडेनले नाटोको ३२औँ सदस्य बन्ने आफ्नो अन्तिम अवरोधलाई पार गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
अर्बौं वर्षअघि चन्द्रमाको टाढाको भागमा ज्वालामुखी विस्फोट : अनुसन्धान
कात्तिक ३०, २०८१ शुक्रबार
श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार