समाजवादी नवलपुरमा पहिरो, जिल्ला अध्यक्षसहित दर्जनौं एमाले प्रवेश
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार २२:३७:१६
१५ फागुन, कवासोती । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमाले केन्द्रिय उप महासचिब एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले एक कार्यक्रम मार्फत् पार्टीमा स्वागत गरेका हुन् ।
नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा घरफर्क अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन ।
नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटिी सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य खगराज कण्डेल, जिल्ला कमिटि उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डे सहित जिल्ला कमिटिी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटि, हुप्सेकोट गाँउ कमिटि अध्यक्ष सहित सम्पुर्ण कमिटि नै एमालेमा फर्किएका छन ।
त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल , सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रिय सदस्य दोय शालिकराम भट्टराई र डा। गोपाल खनाल पाटी केन्द्रिय कार्यालय पुगी पाटी अध्यक्ष के.पी शर्मा ओलीको हातबाट टिका ग्रहणगरी एमाले प्रवेश गरेका थिए ।
पछिल्लो समय नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने क्रम बढ्दो छ । केही महिना पहिला मात्र नेकपा एकीकृत समाजवादी पाटीका कार्यालय सचिव एवम् प्रचार विभाग प्रमुख सहितको टोली एमाले फर्किएको थियो ।
पुरानै घर फर्किएकाहरुले एमालेबाट विभाजन हुनुको औचित्य पुष्टी गर्न नसकेको भन्दै नेकपा एसका नेता पुरानै घर फर्किएको बताएका थिए । उनले जनताको पाटी र बैचारिक कम्युनिष्ट पार्टी नेपालमा नेकपा एमाले मात्र रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पृथ्वीसुव्वा गुरुङले विगतमा बाटो विरायर गई अहिले आफ्नै घर फर्कि आएकोमा धन्यवाद व्यक्त गर्दै घर फर्किकाहरुलाई पाटीले उचित जिम्मेवारी प्रदान गर्ने बताएका थिए । कार्यक्रममा एमाले पालिटव्युरो सदस्य मना के.सी।, केन्द्रिय सदस्य दोय कृष्ण पौडेल र तिलक महत क्षेत्री सहित प्रदेश कमिटिका नेताहरुको उपस्थिती रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार