लेबनानमाथि राेमाञ्चक जित निकाल्दै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, जोर्डनसँग फाइनल भिड्ने
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार ९:१३:४२
१६ फागुन, काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
नेपालका लागि प्रिती राईले खेलको ९५ औं मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी हुन्। यसअघि नेपालका लागि सावित्रा भण्डारीले खेलको ७६ औं मिनेटमा बराबरी गोल गरेकी थिइन्। सावित्राको यस प्रतियोगितामा यो नवौं गोल हो।
त्यस्तै लेबनानका लागि नेपालकी पुजा रानाले खेलको ३७ औं मिनेटमा आत्मघाती गोल गरेपछि लेबनानले सुरुवाती अग्रता लिएको थियो।
यसअघि पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो।
अब फाइनल नेपालले जोर्डनको सामना गर्ने छ। फाइनल खेल बिहिबार हुने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार