‘लदी’पर्वमा खाेलाकाे सरसफाइ र चित्रकला प्रदर्शन
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार ९:३५:७
१६ फागुन,सिन्धुपाल्चोक । खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।
कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान सङ्घ सिन्धुपाल्चोकको सहआयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानलगायतले शुभकामना व्यक्त गर्दै माझी समुदायको संस्कृति संरक्षणमा नगरले सहयोग गर्ने बताए ।
जिल्लाका माझीहरूले कोशीपर्व मनाउन मेलम्ची १२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशीपर्व भव्यरूपमा मनाउँदै आएको स्थानीय पूर्ण माझीले बताए।
माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो ।
नदी र प्रकृति दोहनसम्बन्धी चित्रकला प्रदर्शन
चित्रकार तथा कलाकार विजेन्द्र श्रेष्ठले मेलम्ची १२ बाहुनेपाटी बगरमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । चित्रमा आजभोलि आधुनिकीकरणका नाममा प्रकृतिलाई कुरुपतातिर धकेल्दै गरेको अवस्थालाई चित्रण गरिएको छ । अस्तित्व नामक चित्रमा इन्द्रावती नदी दोहन, सडकलगायत अन्य संरचना बनाउने नाममा दिनप्रतिदिन भइरहेको प्रकृति दोहनको विरुद्ध श्रेष्ठले कोशी पूजाको अवसरमा एकल चित्रकला प्रदर्शनी गरेका हुन्।
उनले नेपाल प्राकृतिक सुन्दर अनुपम नमूना मुलुक रहेको भन्दै हामी सबै प्राणीहरू प्रकृतिका अभिन्न अङ्ग रहेको र प्रकृतिबिना हाम्रो अस्तित्व सम्भव नभएको चित्रमार्फत प्रस्तुत गरेका छन्। “प्रकृतिलाई केही कसैगरी शृङ्गार गर्न पर्दैन, यो आफैँमा सुन्दर छ । हामीले सजाउने र बनाउने बाहनामा बिनाश निम्त्याइरहेका छौँ । आधुनिकीकरणका नाममा हामी कुरुपतातिर धकेल्दैछौँ”, श्रेष्ठले भने। इन्द्रावतीको सुन्दरता स्वच्छ र स्वतन्त्र भएर बगेको परिदृश्य अझै पनि आफ्नो मस्तिष्कमा स्पष्ट रहिरहेको भन्दै उनले बाल्यकालको हरेक मधुर आवाजसँग रम्ने गरेको स्मरण गरे।
पछिल्लो समय इन्द्रावती नदी र किनारमा भइरहेको दुर्दशा देख्दा पश्चाताप बोध गराउने श्रेष्ठले भने। विकासको निमित्त इन्द्रावतीको छातीमा मानवनिर्मित ठूला डोजर सलबलाइरहेको देख्दा त्यो बाल्यकालसँग जोडिएको इन्द्रावतीको सम्झना दिलाउने उनले बताए । मृग, चराचुरुङ्गी र माछा नाचिरहने ठाउँमा आज डोजर र गाडी गुडिरहँदा आफ्नै शरीरमाथि दौडिरहेको जस्तो भान हुने भन्दै श्रेष्ठले एक कलाकारको नाताले लुकेर रहेको पीडा आफ्नो क्यान्भासमा रङको मध्यमबाट दर्शाउने प्रयास गरेको बताए ।
चित्रको मेलम्ची नगरपालिकाका प्रमुख तामाङ, उपप्रमुख प्रधान, वडाध्यक्षलगायत स्थानीयले अवलोकन गरे। अवलोकनपछि नगरप्रमुख तामाङले यहाँको विगतको सुन्दरतालाई झल्काउँदै तयार पारिएको चित्रले नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले आगामी दिनमा यहाँको प्रकृतिलाई जोगाउँदै कसरी अगाडि बढ्ने र कसरी व्यवस्थापन गर्दै अगाडि बढ्ने भन्ने कुरामा आफू लागिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार