प्रधानन्यायाधीश उपत्यकाबाहिर हिँडेपछि संवैधानिक नियुक्ति विवादमा इजलास गठन भएन
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार ११:२९:५२
१६ फागुन, काठमाडौं । ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी रिटमाथि आजको सुनुवाइ रोकिएको छ । संवैधानिक इजलास नै गठन नहुने भएकाले उक्त रिटमा सुनुवाइ नहुने भएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उपत्यका बाहिर निस्किएपछि बुधवारको संवैधानिक इजलास स्थगित भएको छ । इजलास नै स्थगित भएपछि संवैधानिक नियुक्तिसम्बन्धी रिट पुन स्थगित भएको हो ।
प्रधानन्यायाधीशको व्यस्तताका कारण संवैधानिक इजलास बस्न नसक्ने भएको सर्वोच्च प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश हेटौंडा हुँदै जनकपुरका कार्यक्रममा हिँडेपछि इजलास नबस्ने भएको हो । केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा दुईपटक गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिको प्रक्रियामा प्रश्न उठाएर अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए । उक्त रिटको निरुपण अहिलेसम्म भएको छैन ।
सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले प्रधानन्यायाधीश श्रेष्ठ आज जनकपुर पुगेको र भोलि मात्र कार्यालयमा आउने जानकारी दिएका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश र अरू वरिष्ठ ४ जना न्यायाधीश रहने व्यवस्था छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत ५२ जनालाई संवैधानिक नियुक्ति दिएको विरुद्धमा दायर रिटमा बुधबारबाट निरन्तर सुनुवाइ हुने अपेक्षा गरिएको थियो ।
सर्वोच्च अदालत श्रोतका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ मंगलबार उच्च अदालत हेटौंडाको भवन उद्घाटन गरी निरीक्षणका लागि जनकपुर पुगेका छन् । प्रधानन्यायाधीश श्रेष्ठ नै जनकपुरमा रहेको कारण बुधवारको संवैधानिक इजलास बस्न नसकेको हो । महत्वपूर्ण मानिएको बुधवारको संवैधानिक इजलास छल्न प्रधानन्यायाधीश जनकपुर पुगेको रिट निवेदकको आरोप छ ।
२०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि बुधवार साप्ताहिक पेसी तोकिएको थियो । यसअघि लगातार तीन पटक उक्त मुद्दा 'हेर्न नभ्याउने'मा परेको थियो । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठी, अमृत खरेल, अधिवक्ता कीर्ति नाथ शर्मा पौडेल लगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
डोल्पाको तापिरिचा विद्यालय
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार