नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १२:०:२७
१६ फागुन, बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ । एघार दशमलव ६० किलोमिटर चार लेन र १६ दशमलव दुई किलोमिटर दुई लेनगरी २७ दशमलव ६२ किलोमिटर लामो सडक विस्तार २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण सुरु भएको थियो ।
एक वर्षको अवधिमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक रु दुई अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो । निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भएमा एक वर्षभित्र सम्पन्न गर्ने गरी काम गरिएको बताए ।
निर्माण कम्पनीले यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए । नेपालगञ्ज–गुलरिया सडक विस्तारकार्यको भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र कामको भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताए ।
उनका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको रु ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । बजेट अभाव कायमै रहेमा निर्माणाधीन योजनामा प्रभाव पर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार