प्रचण्डको ठाडो प्रस्तावमा फेरिए माओवादीका इन्चार्ज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १२:२:९
![](https://nepalbahas.prixacdn.net/media/albums/maobadi-sthyee-5_mQ35GVjwql_xz5bqtGi0B_u918eYFVAS.jpg)
१६ फागुन, काठमाडौं । लामो बहस र विवादपछि नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठाडो प्रस्तावमा प्रदेशका इन्चार्जहरु पनि फेरिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको पार्टी स्थायी समिति बैठकले नेताहरूको कार्य विभाजन गरेको हो ।
मंगलबार बसेको माओवादी स्थायी समिति बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डको प्रस्तावअनुसार हरिबोल गजुरेल–कोशी र लीलामणि पोखरेल मधेस प्रदेशको इन्चार्ज ताकिएका छन् । अग्नि सापकोटालाई बागमती र दीनानाथ शर्मालाई गण्डकी प्रदेशको इन्चार्ज बनाइएको छ ।
यसैगरी चन्द्रप्रकाश खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णाली, गिरिराजमणि पोखरेल–सुदूरपश्चिम, विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य चुनिएका छन् ।
सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने निर्णय गरेको सचिव दिनानाथ शर्माले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार