निसानले जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १२:२७:३९
१६ फागुन, टोकियो । निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण सुरु गर्ने जनाएको छ ।
निसानले एक विज्ञप्तिमा भनेको छ, “वृद्ध जनसंख्याको कारण जापानका स्थानीय समुदायले गाडी चालकको कमीलगायत धेरै गतिशीलता चुनौतीहरूको सामना गरिरहेका छन् ।”
कम्पनीले भनेको छ, “नयाँ सेवाहरूको विस्तृत दायरा प्रदान गर्न र निः शुल्क आवागमन सुनिश्चित गर्न कम्पनीमा स्थानीय अधिकारीहरू र यातायात सञ्चालकहरूसँग काम गर्ने योजना बनाएको छ ।”
निसानले सन् २०१७ देखि जापान र विदेशमा ‘सेल्फ ड्राइभिङ मोबिलिटी’ सेवाका लागि व्यवसायिक नमुनाको परीक्षण गरिरहेको जनाएको छ ।
गत वर्ष यसको प्रतिद्वन्द्वी होन्डा, अमेरिकी विशाल कार कम्पनी जनरल मोटर्स र जीएमको अटोनोमस ड्राइभिङ युनिट क्रुजले संयुक्त उद्यम स्थापना गर्ने घोषणा गरेका थिए । उनीहरूले सन् २०२६ को सुरुमा जापानमा चालकविहिन सवारी सेवा सुरु गर्नेछन् । टोयोटाले यसै वर्षको अन्त्यतिर टोकियोको सीमित क्षेत्रमा लेभेल–४ सवारी सेवा सुरु गर्ने योजना बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार