धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १२:४९:५७
१६ फागुन, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुलाएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि तयार पारेपछि आवेदन खुलाइएको हो । अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ ।
योग्यता पुगेका तथा इच्छुक नागरिकले १५ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवारमा खामबन्दी आवेदन दिन सक्नेछन् । स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका व्यक्ति योग्य हुनेछन् ।
३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, मानव वेचबिखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कुनै कसुर नभएको व्यक्ति हुनुपर्नेछ । अर्थमन्त्रालयको वेबसाइटमा प्रकाशित नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० को दफा ३ बमोजिम कागजात तथा विवरणहरु आवेदक स्वयम्ले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो, व्यवसायिक कार्यायोजना तथा ५ हजार दस्तुर बुझाएको सक्कल भौचर आवेदनका साथ पेश गर्नुपर्नेछ ।
सरकारले बोर्डको अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापन प्राध्यापक उदय निरौला रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । कार्यविधिअनुसार बोर्ड अध्यक्षका लागि तीन जनाको आवेदन परेमा पहिलो चरणमा परेका आवेदनहरूलाई यथावत् राखी थप आवेदनका लागि सात दिनको म्याद दिई पुनः दरखास्त आह्वान गरिने कार्यविधिमा उल्लेख छ ।
पुनः दरखास्त आह्वान गर्दा थप आवेदन परे वा नपरे पनि छनोटसम्बन्धी प्रक्रियालाई अगाडि बढाउन सकिने व्यवस्था कार्यविधिमा छ । आवेदन दिन धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव भएको हुनुपर्ने छ । तीस वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार