प्रभु बैंक प्रकरणले बैंकर्स संघमा हलचल, वित्तीय कारोबार र ऋण प्रक्रियाबारे सीआईबीलाई सम्झाउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १४:११:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/bank-parbhu-1_DbBnOVymzL_RI9WZmGAIB.jpg)
१६ फागुन, काठमाडौं । प्रभु बैंकको कर्जा प्रकरणलाई लिएर बुधबार नेपाल बैंकर्स संघको आकस्मिक बैठक बसेको छ । बैठकले बैंक तथा वित्तीय संस्थाहरूले गर्ने कारोबार र ऋण लगानीबारे प्रहरीले नबुझेका कारण प्रभु बैंकका वरिष्ठ सीईओसहित ११ जना बैंकर्सलाई पक्राउ गरिएको निष्कर्ष बैंकर्स संघले निकालेको छ । प्रभु बैंक प्रकरण सतहमा आएपछि बैंक तथा वित्तीय संस्थाहरू यतिबेला अतालिएका छन् ।
निक्षेपकर्ताहरुले मंगलबारबाट बैंकमा रहेको पैसा निकाल्ने क्रम बढिरहेकाले पनि बैंकरहरुलाई यतिबेला समस्या परेको छ । निक्षेपकर्ताहरु प्रभु बैंक प्रकरणपछि सबै बैंक तथा वित्तीय संस्थाहरूप्रति सशंकित बनिरहेका छन् । निक्षेपकर्ताहरुलाई कसरी विश्वस्त बनाउने भन्ने विषयमा पनि संघको बैठकमा छलफल भएको थियो । खास गरी संघको बैठकले गृह मन्त्रालयसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका बारेमा जानकारी गराउने निर्णय भएको एक सदस्यले जानकारी दिएका छन् ।
आज बिहान आकस्मिक रुपमा बसेको संघको पूर्ण बैठकले कर्जा प्रक्रिया र धितोका बारेमा प्रहरीको बुझाइ गलत भएको निष्कर्ष निकाल्दै यस विषयमा नियामक निकाय राष्ट्र बैंकलाई वर्तमान घटनाक्रमबारे जानकारी गराउने र गृहमन्त्रालयसहित प्रहरीलाई बुझाउने निर्णय गरेको राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठले नेपालबहसलाई जानकारी दिए ।
प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओसमेत रहेका सेन्चुरी बैंकका पूर्व सीईओ मनोज न्यौपाने र तुलसीराम गौतम लगायत ११ बैंकरलाई प्रहरीले पक्राउ गरेपछि बैंकर्स संघले आकस्मिक बैठक बोलाएको थियो । धितोको विषयमा प्रहरीको बुझाइ गलत हुँदा बैंकरहरुले दुःख पाएको भन्दै यसबारे गृहमन्त्रालय र प्रहरी प्रशासनलाई बुझाउने निष्कर्ष बैठकले निकालेको श्रेष्ठले बताए ।
बैंकिङ कारोबारमा हाल घरजग्गालाई मात्रै धितो मान्ने गलत बुझाइले समस्या पर्दै आएको संघको भनाइ छ । चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले व्यवसायमा भएको स्टक गोदाममा भएको माल सामानलाई नै मुख्य धितो मानेको र घरजग्गा वा अन्य स्थिर सम्पत्तिलाई मात्रै धितोको रुपमा बुझ्नु गलत हुने संघले जनाएको छ । प्रभु बैंक घटनाले चालु पुँजी सम्बन्धी सबै कर्जामा बैंकरहरुलाई जोखिम पर्ने दावी गरिएको छ ।
संघले राष्ट्र बैंकलाई जानकारी गराएपछि र प्रहरी र गृहमन्त्रालयलाई धितोका बारेमा ब्रिफिङ गरेर पुनः बैठक बसेर कानुन संशोधनका लागि सुझाव दिने निष्कर्ष पनि निकालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंका विभिन्न कम्पनीमा धितोले खाम्ने भन्दा ९७ करोड रुपैयाँ बढी ऋण दिएको पाइएपछि पक्राउ गरिएको थियो ।
सीआईबीका अनुसार देउराली सहकारी ठगी प्रकरणमा रविन्द्र चौलागाईं पुर्पक्षका लागि थुनामै छन्, उनको बयानका आधारमा तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरूलाई पक्राउ गरिएको हो । सीआईबीका अनुसार १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।
धितोको मूल्यांकन भन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । यही आधारमा सीआईबीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो भने सीआईबीले नबुझेर प्रभु बैंकमाथि हात हालेको भन्दै बैंकर्स संघको पूर्ण बैठक डाकिएको थियो । आजको छलफलमा एक पटक कर्जाका प्रवाहको विषय प्रहरी प्रशासनलाई स्पष्ट पार्ने तर प्रहरीले रिहा नगरेको खण्डमा पेन डाउन गरेर विरोध गर्ने बारे छलफल भएको हो । नेपाल बैंकर्स संघले आकस्मिक बैठकमा २० वाणिज्य बैंकका सीईओ सहभागी थिए । ओभर भ्यालुएसन गरेर ऋण दिएको भन्दै प्रहरीले बहालवाला र पूर्वबैंकर समातेपछि बसेको बैंकर्स संघको बैठक बोलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आइभीएफमा विशेष छुट
माघ ३०, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकहरुलाई अप्टिक आइजका सेवाहरुमा विशेष छुट
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार