सरोकार समितिमा प्रचण्ड,‘ईपीजीबारे भारत खुलेको छैन’
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १५:२८:६
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन दुबै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहे पनि भारतले महत्व नदिएको बताएका छन् । बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उपस्थित भएका उनले दुबै देशको सहमतिमा ईपीजी गठन भएकाले त्यसको प्रतिवेदन दुबै सरकारले एकै चोटी बुझ्ने प्रयास भइरहेको जानकारी दिए ।
ईपीजी सहमतिबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले दुबै सरकारले एकैचोटी सहमतिबाट नै त्यो बुझ्ने र घोषणा गर्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिरहेको उनले बताए । प्रचण्डले त्यो हुनै सकेन भने नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताए । यद्यपि उनले कस्तो निर्णय भन्नेबारे केही खुलाएनन् ।
नेपाल र भारतबीच सीमा लगायतका विभिन्न समस्या पहिचान गरी समाधानको उपाय पत्ता लगाउन दुबै देशका सरकारको सहमतिमा नेपाल भारत प्रबुद्ध व्यक्ति समूह गठन गरिएको थियो । दुबै देशका ४–४ जना प्रबुद्ध व्यक्ति सहभागी ईपीजीले प्रतिवेदन तयार पारे पनि सार्वजनिक भएको छैन ।
उक्त प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय दिएका छैनन् । २०६८ कात्तिकमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्री (भट्टराई र भारतका प्रधानमन्त्री मनमोहन सिंह) द्वारा जारी संयुक्त विज्ञप्तिको बुँदा १८ र १९ मा सन् १९५० सन्धि आदि विषयमा छलफल गर्न प्रबुद्ध व्यक्तिहरूको समूह (नेपाल–भारत दुवैतर्फ) गठन गर्ने सैद्धान्तिक सहमति भयो ।
फेरि ०७१ साउनमा मोदीले नेपाल भ्रमण गर्दा ईपीजीको विषयमा छलफल र चर्चा भएको थियो । परिणाम स्वरूप भ्रमणका क्रममा प्रधानमन्त्री कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । उक्त विज्ञप्तिको बुँदा नम्बर १३ मा स्वतन्त्र र गैरसरकारी संयन्त्रका रूपमा प्रबुद्ध समूह गठन गर्न दुवै सरकार सहमत भएको उल्लेख थियो ।
०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई देशबीच विगतका द्विपक्षीय सन्धि, सम्झौता र सहमतिको पुनरावलोकन गर्ने तथा विकसित २१ औं शताब्दीको आवश्यकतालाई दृष्टिगत गरी परिवर्तनसहितको सुझाव दिन भन्दै ईपीजी गठन गरिएको थियो ।
ईपीजीलाई पारस्परिक विश्वास, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सम्बन्धका आधार निर्माण गर्दै दुवै देशको सम्बन्धलाई सबल बनाउने उपायको सिफारिस गर्ने कार्यादेश तोकिएको थियो । ०७२ साल माघ १३ मा मन्त्रिपरिषद् बैठकले नेपालतर्फको प्रबुद्ध व्यक्तिहरूको समूहका संयोजक र सदस्यको नाम टुङ्ग्याएको थियो ।
यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितका धेरै समस्या समाधान भएको र केही समस्या मात्र बाँकी रहेको बताए । बाँकी रहेका समस्या सरकारले समाधान गर्ने भन्दा पनि अदालती प्रक्रियासँग सम्बन्धित रहेको भन्दै उनले यसको समाधानका लागि अदालतसँग समन्वय गर्ने काम भइरहेको बताए । समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले मिटरब्याजीहरूले कपाली तमसुक र अन्य कागजात पनि बनाइएकाले अदालतबाट फैसला उनीहरूकै पक्षमा आउने देखिएको बताए ।
यो विषयको गहिराइलाई अदालतले पनि राम्रोसँग बुझ्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार अदालत सबै मिलेर मात्र यो समस्या समाधान गर्न सकिन्छ । त्यो कोशिश सरकारले गरिरहेको छ ।’ सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि भन्दै मुलुकी संहिता संशोधन गरेर अनुचित लेनदेनसम्बन्धी प्रावधान समावेश गरेको थियो ।
समस्या समाधानका लागि जाँचबुझ आयोग पनि गठन गरेको थियो । जाँचबुझ आयोगले जनकपुरमा कार्यालय नै स्थापना गरेर उजुरी आह्वान गर्ने, साहुकार र मिटरब्याज पीडितबीच समन्वय गराउने लगायतका काम गरेको थियो । तर आयोगको म्याद सकिइसकेको छ । आफूहरूको समस्या अझै समाधान नभएको भन्दै मिटरब्याज पीडितहरुको समूह पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएर आन्दोलन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार