न्युजील्याण्ड विश्वको पहिलो धुम्रपान निषेधित मुलक बन्दै, नयाँ नियम जुलाइबाट लागु हुने
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १६:३:४९
१६ फागुन, वेलिङ्टन । न्युजिल्याण्डले विश्वको पहिलो धुम्रपान निषेधित राष्ट्र रूपमा आफुलाइ उभ्याउने कसरतमा लागेको छ । भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बन्ने तयारीमा रहेको न्युजील्याण्डले पुराना कानुनहरू खारेज गरी नयाँ कानुन निर्माण गरी नियमहरू लागु गर्ने भएको छ ।
अनुसन्धानकर्ता र अभियानकर्ताहरूले परिणाम स्वरूप मानिसलाई मर्ने खतरा कम गर्नका लागि धुम्रपान निषेधित राष्ट्र बनाउन लागेको हो ।
आगामी जुलाइ्बाट लागू हुने गरी संसारको सबैभन्दा कडा सूर्ति विरोधी नियमहरूको तयारी गरेको छ, जसअनुसार जनवरी १, २००९ पछि जन्मेकाहरूलाई अब सुर्तिजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने, धुम्रपान र सूर्तिजन्य उत्पादनहरूमा निकोटिनको मात्रा घटाउने र ९० प्रतिशत भन्दा बढी सुर्ती विक्रेताहरूको संख्या घटाउने निर्णय कार्वन्वयन गरिँदैछ ।
गत अक्टोबरमा निर्वाचित नयाँ गठबन्धन सरकारले पुराना कानुन खारेजी तथा नयाँ नियम तत्काल लागु गराउने निर्णय लिएको हो, यसले सार्वजनिक टिप्पणी र आलोचनालाई वेवास्ता गर्दै पुराना कानूनलाई खारेज गर्न सक्षम भएको जनाउँदै पहिले घोषणा गरिएका योजनाहरू अनुरूप लागु गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
स्वास्थ्य मन्त्री केसी कोस्टेलोका अनुसार गठबन्धन सरकार धुम्रपान र सुर्तिजन्य पदार्थ प्रयोग र बिक्री कम गर्न प्रतिबद्ध रहेको जनाउँदै तर लागिसकेको बानी निरुत्साहित गर्न र यसले निम्त्याउने हानी कम गर्न फरक नियामक दृष्टिकोण अपनाइने बारेमा छलफल गरिरहेको छ । ‘म चाँडै नै क्याबिनेटमा मानिसहरूलाई धुम्रपान छोड्न मद्दत गर्नका लागि उपलब्ध उपकरणहरू बढाउनका लागि उपायहरूको प्याकेजको घोषणा गर्नेछु, ’ कोस्टेलोले सञ्चारकर्मीलाइ भने, ‘नव युवाहरूलाई यसको लतबाट पूर्ण रूपमा रोक्न भ्यापिङसम्बन्धी नियमहरू पनि कडा बनाइने छु।’
न्युजिल्यान्डमा स्वास्थ्य नतिजाहरूमा यसको सम्भावित प्रभावको बारेमा कडा आलोचना गरिएको यो निर्णयले माओरी र पासिफिकका जनसंख्या, उच्च धुम्रपान दर भएका समूहहरूमा ठूलो प्रभाव पार्न सक्ने डरले पनि आलोचना गरिरहेका छन् ।
उता, ओटागो युनिभर्सिटीका अनुसन्धानकर्ता जेनेट होकले भने, ‘ठूलो स्तरको क्लिनिकल परीक्षणहरू र मोडेलिङ अध्ययनहरूले यो कानूनले धूमपान गर्नेहरूको बीचमा द्रुत रूपमा छाड्ने दरहरू बढाउने र युवाहरूलाई धुम्रपान गर्न धेरै गाह्रो बनाएको देखाउँछ ।’ प्राध्यापक होक धुम्रपान कम गर्ने तरिकाहरू अध्ययन गर्ने समूहका सह निर्देशक हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार