रूसी विपक्षी नेता नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १७:४५:३४
१६ फागुन, वार्सा । आर्कटिक जेलमा गत हप्ता मृत्यु भएका रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोको एक चर्चमा गरिने भएको उनका राजनीतिक सहयोगीले बताएका छन् । नाभाल्नीको मृत्यु भएको एक साताभन्दा बढी समयपछि अधिकारीहरूले गत शनिबार उनको शव उनकी आमालाई सुम्पेका थिए ।
नभाल्नीका सहयोगी समूहले सामाजिक सञ्जालमा बुधबार पोष्ट गरेको सन्देशमा भनिएको छ, “नभाल्नीको अन्त्येष्टि १ मार्चका दिन मेरिनोको ‘मदर अफ गड क्वेन्च माई सोरोज’ नामक चर्चमा स्थानीय समय अनुसार दिउसो २ः०० बजे गरिनेछ । सबै जना समयमै त्यहाँ आइपुग्नुहोला ।”
उनको अन्त्येष्टि नजिकैको बोरिसोभ कब्रिस्तानमा गरिने बताइएको छ । उनको टोलीले सेवा आयोजना गर्न इच्छुक चर्च भेट्टाउन गाह्रो भएको बताएको छ ।
“हामीले मार्च १ का लागि चर्च र हल खोज्न थाल्यौं। जताततै तिनीहरूले हामीलाई केही पनि दिन इन्कार गरे । केही ठाउँमा हामीलाई यो निषेध गरिएको बताइयो,” निर्वासित सहयोगी इवान झादानोभले पोष्ट गरेको सन्देशमा भनिएको छ ।
“हामीलाई उनीहरूको निर्देशनको कुनै मतलव हुने छैन । नाभाल्नीको अन्त्येष्टि आवश्यक छ । अन्तिम सम्मान गर्ने मौका पाउनका लागि पहिल्यै आउनु नै बेस हुन्छ,” उनले सन्देशमा लेखेका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा मुखर आलोचक नाभाल्नीको गत फेब्रुअरी १६ मा उत्तरी साइबेरियाको सबैभन्दा कठिन कारागारमा निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार