देशका विभिन्न स्थानबाट ३२ किलो गाँजासहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १७:५२:४४
१६ फागुन, काठमाडौं । देशका विभिन्न स्थानबाट ३२ किलो गाँजासहित ६ जना पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका(४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका-३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको ना.३८ प १४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
धादिङको गल्छी गाउँपालिका-७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके घर भएका २४ वर्षीय सोलामोदिन शेक र सोही उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय राम्जन आली रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका-१ लखनदेही पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित भारत घर भएका २० वर्षीय छोटु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बीआर ३० एजी १६४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार