प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट ३३ हजार नमूना परीक्षण
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १९:५८:५१
१६ फागुन, काठमाडौं । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनामा पाँच हजार चार सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमूना परीक्षण गरेको छ ।
सोही अवधिमा प्रयोगशालामा पाँच हजार पाँच सय ७४ मुद्दाका ३० हजार छ सय १२ वटा नमूना प्राप्त भएका थिए । नयाँ र पूरानो गरी सो सङ्ख्यामा नमूना परीक्षण गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
उक्त प्रयोगशाला भौतिक सबुद प्रमाणको वैज्ञानिक परीक्षण, विश्लेषण, तुलना एवं पहिचान गरी अपराध अनुसन्धान कार्यमा प्रभावकारी हुँदै आएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत काठमाडौँको सामाखुसीमा केन्द्रीय विधि विज्ञान प्रयोगशाला रहको छ । सुनसरी र बाँकेमा विधि विज्ञान एकाइ कार्यालय सञ्चालित छन् ।
तीनवटै प्रयोगशालाबाट प्रहरी, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विधि विज्ञान सेवा उपलब्ध हुँदै आएको छ । चालु आर्थिक वर्षमा विष विज्ञानतर्फ छ हजार सात सय ६२, जीव÷सिरम विज्ञानतर्फ सात हजार नौ सय ७९ वटा, रसायन÷लागुऔषधतर्फ छ हजार तीन सय १७, ‘डकुमेन्ट’तर्फ छ हजार एक सय ८७, सशस्त्र विज्ञानतर्फ दुई हजार ४८, औँठा छापतर्फ तीन हजार दुई सय ७२, भौतिक विज्ञानतर्फ १६, डिएनएतर्फ तीन सय ५८ र विष्फोटक पदार्थतर्फ एक सय ८३ वटा नमूनाको परिक्षण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषद्मा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार