श्रीलंका बम विष्फोट हुँदा भारतका ४ नेताको निधन
इन्द्र रिजाल
बैशाख ९, २०७६ मंगलबार ३:५७:२९
एजेन्सी । श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा परेर भारतको कर्नाटक राज्यका जेडिएस पार्टीका ४ नेताहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा जेडिएसका लक्ष्मण गौडा, के एम लक्ष्मीनारायण, एम रानगप्पा र केजी हनुमनथारयप्पा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विष्फोटका घटनाहरुमा परेर सो पार्टीका ३ नेताहरु घाइते भएको समेत जनाइएको छ ।
घटनाप्रति भारतीय विदेशमन्त्री सुश्मा स्वराज र कर्नाटक राज्यका मुख्यमन्त्री एचडी कुमारास्वामीले दुःख व्यक्त गरेका छन् । वम विष्फोटको घटनामा सो पार्टीका अन्य ३ जना बेपता भएको समेत जनाइएको छ । जेडिएसका यी नेताहरु छुट्टी मनाउन श्रीलंका गएका थिए ।
राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर ‘चर्च’मा आइतबार भएका शृङ्खलावद्ध बिस्फोटमा मृत्यु हुनेको सङ्ख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ । घटनामा परी अन्य पाँच सय भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ ।
श्रीलङ्काली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरेका छन् । प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
बाक्लो हुस्सुले ढाकेको इनरुवा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविरमा झण्डा फहराउँदै वडाध्यक्ष गुरुङ
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविर अवलोकन
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको दक्षिणी क्षेत्र
मंसिर ९, २०८१ आइतबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार