फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप, पाँच घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार २१:५९:१२
१६ फागुन, काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । फुटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै साँझ नगर प्रहरीले व्यवसायीहरुलाई हटाएको थियो ।
बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको हो । झडपमा नगर प्रहरीका मनोज लामिछानेसहित ५ जना घाइते भएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । घाइतेहरुको वीर अस्पतालमा उपचार भैरहेको उनले बताए ।
९ बजेअघि व्यवसाय सुरु नगर्न भन्दा फुटपाथ व्यवसायीहरुले आफूहरुमाथि आक्रमण गरेको उनले आरोप लगाए । फुटपाथ व्यवसायीले साँझ ७ बजेपछि व्यापार सुरु गरेपछि नगर प्रहरीले हटाएको थियो । नगर प्रहरीको एक्सनलगत्तै दुई पक्षबिच झडप भएको बताइएको छ ।
त्यसक्रममा नगर प्रहरीले केहीलाई पक्राउ गर्नुका साथै लाठी हानेपछि व्यवसायीहरुले प्रतिकार गरेका थिए । ‘नगर प्रहरीले एक्कासी बल प्रयेग गरेर दुःख दियो’ । एक फुटपाथ व्यवसायीले भने, ‘हाम्रा ३÷४ जना साथीलाई पक्राउ गरेर लगिएको छ । ।’
नगर प्रहरी प्रमुख राजु पाण्डेले भने नगर प्रहरीलाई ढुंगामुढा गरेपछि हामीले प्रतिकार गरेको बताए । उनका अनुसार नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ७ जना घाइते भएका छन् । पाण्डेले अगाडि भने, ‘हाम्रो टोली भने फर्किएको छ, फुटपाथ व्यवसायीहरु भने अहिले पनि त्यही छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार