फागुन २१ मा राष्ट्रिय सभाका नयाँ सदस्यको शपथ
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार २२:८:४७
१६ फागुन, काठमाडौ । संसद सचिवालयले राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ कार्यक्रम फागुन २१ गते राखेको छ । फागुन २१ गते बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शपथ हुने जानकारी गराएको छ ।
गत माघ ११ गते भएको चुनावबाट राष्ट्रिय सभामा गण्डकीबाट कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा, कर्णाली प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया, लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र सुदूरपश्चिम प्रदेशबाट माओवादीकी रेणु चन्द, कांग्रेसका नारायण भट्ट र कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएर आएका छन् ।
यस्तै कोशीबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला, मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी, बागमतीबाट नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका छन् ।
राष्ट्रिय सभामा गत माघ ११ गते भएको निर्वाचनबाट १९ जना निर्वाचित भएर आएका छन् । २०७४ सालमा निर्वाचित भएका सांसदहरुमध्ये गोलाप्रथाद्वारा ६ वर्षे कार्यकाल भएकाहरु यही फागुन २० गतेबाट बिदा हुँदैछन् । उनीहरुको ठाउँमा निर्वाचित भएकाहरुको शपथ फागुन २१ गते हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार