राष्ट्र बैंकले पेन्सन कोषको १४ करोड मुद्दति निक्षेपमा पठाउने
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १०:४३:३५
१६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा आफ्नो पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको जनाएको छ ।
उक्त मुद्दति निक्षेपमा भाग लिन चाहने बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ११ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड १० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा अर्थात कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ बैंकले जनाएको छ । बैंकका अनुसार रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार