सशस्त्रद्वारा कैलालीमा १८ लाखको अवैध सामान बरामद
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार ११:२१:२५
१७ फागुन, धनगढी । सशस्त्र प्रहरी बलले कैलालीमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको जानकारी दिएको छ । यो १० दिनको अवधिमा बरामद गरिएको सामाग्री हो । सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करिब आठ लाखको अवैध सामानसहित चार जना महिला नियन्त्रणमा लिएको जनाएको छ ।
सामान ओसारपसारमा संलग्न धनगढी उपमहानगरपालिका –२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका प्रमुख खेम ठकुल्लाले बताए । प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगा कपडा तथा विभिन्न इलेक्ट्रोनिक सामान बरामद गरेको हो ।
सशस्त्रका अनुसार ६ फागनुदेखि १६ फागुनसम्मको १० दिनमा गण तथा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म र बीओपीबाट १८ लाख ५६ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरी कारबाहीका लागि भन्सार बुझाइएको छ । एक लाख ३७ हजार बराबरको कुखुरा तथा माछा बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार
रुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार