गुगल म्यापको भर पर्दा दुई सातासम्म जंगलको बास
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार ११:३३:१६
१७ फागुन, काठमाडौं । मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ । गुगल नक्साको भर पर्दा दुवै जना एक साता जङ्गलमा फसेको समाचार बाहिरिएको छ ।
वास्तवमा दुई जर्मन पर्यटक फिलिप मायर र मार्सेल सिओन अष्ट्रेलिया पुगेका थिए। यहाँ दुवैले एक ठाउँबाट अर्को सहर जानका लागि गुगल म्याप प्रयोग गरेका थिए । केही टाढा गए पछि उनीहरुको गाडी जंगलमा हिलोमा फस्न पुग्यो ।
सुरुमा दुवैले अस्थायी आश्रय बनाउने प्रयास गरे तर यो योजना सफल हुन नसकेपछि दुवैले त्यहाँबाट पैदलै हिँड्नु नै उचित ठाने । फिलिप र मार्सेलले भने, ‘हामीले यो यात्रामा जानु अघि गुगल म्याप प्रयोग गर्ने निर्णय गर्यौं किनकी हामीले महसुस गर्यौं कि गुगललाई हामी भन्दा बढी रुटहरू थाहा छ तर गुगल म्यापको भर पर्दा यो यात्रा दुःस्वप्न जस्तै बन्न पुग्यो ।’
जंगलबाट बाहिर निस्कन पैदलै खोला पार गर्नु पर्ने गुगल म्यापले बतायो । यति मात्र होइन, यसै क्रममा उनले एउटा गोहीको पनि सामाना गर्नु परेको थियो । यो घटनाको उजुर गरे पछि गुगलले गल्ती भएको स्वीकार गर्दै फिलिप र मार्सेलसँग माफी मागेको अन्तराष्ट्र्रिय सञ्चारमाध्यमले जनाएका छन ।
त्यसपछि गुगलले एक विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गर्दै यो सडक गुगल नक्साबाट हटाइएको जनाएको छ । यद्यपि, गुगलले फिलिप र मार्सेल सुरक्षित रहेकोमा राहत महशुश गरेको उसले जनाएको छ ।
यो घटनापछि नेभिगेसन एपहरू फेरि प्रश्नको घेरामा परेका छन् । यस्ता घटना यसअघि पनि भएका छन्, जब नेभिगेसन एपहरूले गलत गन्तव्यमा मानिसहरूलाई पुर्याउने काम गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
सरकारले सूचना प्रविधिका क्षेत्रमा कोष स्थापना गर्छः प्रधानमन्त्री
बैशाख २०, २०८१ बिहिबार
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बैशाख २०, २०८१ बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि पेसी
बैशाख २३, २०८१ आइतबार
गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी
बैशाख २३, २०८१ आइतबार
ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो
बैशाख २३, २०८१ आइतबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै
बैशाख २३, २०८१ आइतबार
जनकपुर–जयनगर रेलसेवा आजदेखि ३ दिनका लागि बन्द
बैशाख २३, २०८१ आइतबार