राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १२:३७:१४
१९ फागुन, काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोस्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
२ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरू मध्ये उत्कृष्ट नाटकहरू छनौट गरी फाइनल चरणका नाटकहरू छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताए । ‘दोस्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । हामीले देशभर खुल्ला आव्हान गरी नाटकहरू माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौं ।’ अध्यक्ष रिमालले भने । विद्यालय स्तरबाटै बालबालिकाहरूलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो ।
मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरूले नाटक मञ्चन गर्नेछन् । नाटक मञ्चनको निर्णायकहरुमा निर्देशक राजेन्द्र शलभ, चर्चित टेलिश्रृंखला ‘अविरल बग्दछ इन्द्रावती’का निर्देशक बद्री अधिकारी, अभिनेत्री सरिता गिरी रहेका छन् । फागुन २७ गतेसम्म चल्ने मेलामा थिएटर र नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको समेत सहभागिता रहने आयोजक नाट्यकर्मी महासंघका महासचिब जे.बी. डिसीले जनाए ।
नीजि तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन नेपाल, सांस्कृतिक संस्थान सँगको सहकार्यमा हुन गइरहेको बाल नाटक मेलाको प्रायोजकमा सुजल फुड र नेपाल टेलिकम रहेका छन् । आलिशान फर्निचर, क्याम्ब्रिज काठमाडौं, नेपाल मेडिकल कलेज, फरवार्ड नेपाल, सह–प्रायोजक रहेको कार्यक्रमलाई नेपाल एयरलायन्स, एभरेष्ट बैंक, वाईबी सलुसन प्रा.लि. र नेपाल आयल निगमको समेत सहयोग रहेको छ ।
प्रतियोगिताको विजेता नाटकलाई नगद १ लाख रुपैंया, ट्रफी, प्रमाण–पत्र दिइने छ भने विजयी नाटकलाई अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि पठाइने छ । प्रतियोगितामा ११ वटा शीर्षकमा उत्कृष्ट प्रतियोगीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी दिइने छ ।
कार्यक्रम स्थलमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्ने तथा नेपाल मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्नेछ । कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुरसँगै देशका विभिन्न विद्यालयका बालबालिकाहरू, शिक्षक, अभिभावकको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार