किसान महासंघ कोशीले प्रधानमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई बुझायो १६ बुँदै ज्ञापनपत्र
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १३:३५:१७
१७ फागुन, विराटनगर । नेपाल किसान महासंघको अगुवाइमा किसानहरुका समस्या र समाधानका लागि पहल गर्न बिभिन्न दवावमूलक कार्यक्रमहरु सञ्भालन हुँदै आईरहेका छन् । किसानहरुका पक्षमा आवाज उठाउने देशको एकमात्र संगठन नेपाल किसान महासंघको अग्रसरतामा देशमा रहेका अन्य किसान संघसंगठनहरु गोलबद्ध भएर बनेको नेपाल किसान सञ्जालको समेत नेपाल किसान महासंघले नेतृत्व गरिरहेको छ ।
नेपाल किसान महासंघमा गणेशचन्द्र तिमिल्सिनाको नेतृत्वमा नयाँ समिति बने पश्चात महासंघले किसानका हक हितमा उल्लेख्य कार्यहरु गरिरहेको छ । बर्तमानमा किसानका बिकराल समस्याका रुपमा देखिएको दुधको मुल्य भुक्तानीमा सरकारले देखाएको उदाशिनता र त्यसबाट आम किसानहरुमा परेको समस्यालाई तत्काल समाधान गराउन नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले खेलेको भूमिकाबाट देशका समस्त किसानहरु अत्यन्तै धेरै खुसी र आशाबादी भएका छन् ।
तिमिल्सिनाको निरन्तरको दवावमूलक कार्यक्रमको अगुवाइले सरकार किसानका समस्या समाधान गर्न बाध्य समेत हुँदै गएको छ । नेपाल किसान महासंघ र राष्ट्रिय किसान सञ्जालको नेतृत्व सम्हालिरहेका तिमिल्सिनाको कार्यले आम कांग्रेस नेता तथा कार्यकर्ताहरु पनि खुसी भएका छन् ।
यसैको फलस्वरुप केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्म किसानको दुधको मुल्य भुक्तानीको बाताबरण मिलाउन महासंघका अध्यक्ष तिमिल्सिनाले अगुवाई गरिरहेका छन् । यसैको निरन्तरता स्वरुप आज नेपाल किसान महासंघ कोशी प्रदेशले तिमिल्सिनाकै निर्देशनमा बिसानका बिभिन्न १६ बुँदे मागहरु सहित प्रमूख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्री तथा कोशी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य केशव भट्टराई, नेपाल किसान महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र भट्टराई, कोशी प्रदेश समितिका सचिव यज्ञप्रसाद भट्टराई, प्रदेश सदस्यहरु बासु गुरागाँई, कृष्णराज दाहाल, गोपाल प्रसाद दाहाल लगायत नेपाल किसान महासंघ झापा जिल्ला समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको जनाईएको छ । ज्ञापनपत्र प्रस्तुत गर्दे नेपाल किसान महासंघका कोशी प्रदेश सचिव यज्ञप्रसाल भट्टराईले किसानका मागहरु तत्काल समाधान हुनेमा आशाबादी हुँदै यदि अझै पनि किसानका मागहरु प्रति सरकारले बेवास्ता गरे किसानहरुको आन्दोलन थेग्न नेपाल सरकारलाई धौधौ पर्ने चेतावनी समेत दिएका थिए ।
ज्ञापन पत्रमा भनिएको छ, देशमा दुग्ध उत्पादक किसानहरूले भोग्नुपरेका समस्याहरूका बारेमा नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । हामी किसानहरुले दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा व्यहोर्नु परेका समस्याहरु समाधान गर्न नेपाल सरकार र सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छौं तर यस उपर सम्बोधन नहुँदा नेपाली दुग्ध उत्पादक किसानहरु ठूलो समस्या र पीडा व्यहोर्न बाध्य भएका छन् ।
जीवनको आधारको रूपमा रहेको र अर्थतन्त्रमा ठूलो टेवा पुर्याउँदै आएको कृषि क्षेत्रको विकासका निम्ति सरकारले प्रभावकारी नीति अवलम्बन गरी त्यसको कार्यान्वयन गर्न तत्परता नदेखाउँदा किसानहरू मात्र होइन दुग्ध व्यवसायी आम उपभोक्ता तथा सामाजिक जीवनका सबै तप्काले बाधा व्यवधान बेहोर्नु बाध्य हुनु परेको छ ।
नेपाली किसानका समस्या समाधान गर्न विगतदेखि नै अभियान तथा आन्दोलन सञ्चालन गर्दै आएको नेपाल किसान महासंघ अहिले बाध्य भएर चरणवद्ध आन्दोलनमा बाध्य भएको छ । त्यसैको फलस्वरूप आज हामी नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समिति सहित कोशी प्रदेशका चौधवटै जिल्ला समितिहरु यो ज्ञापनपत्र मार्फत नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छौ ।
मुलुकमा दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको तथ्य सार्वजनिक हुँदै आएको छ। मुलुकको सबै ग्रामीण भेगबाट संकलन गर्नसक्दा दुधमा मुलुक आत्मनिर्भर बन्ने अवस्था रहेको छ। करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न रहेका छन्। औपचारिक र अनौपचारिक रुपमा दुग्ध बिक्री वितरणबाट दैनिक दशौं करोडको धनराशि ग्रामीण क्षेत्रमा पुगेको छ र यसले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन भूमिका निर्वाह गरेको छ यस क्षेत्रको राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा योगदान ६ प्रतिशत रहेको छ । दुग्ध उत्पादन र यसमा आधारित उद्योग व्यवसायले देशभित्र स्वरोजगारीको अवसर समेत सिर्जना गरेको छ ।
विगत केही समयदेखि यहाँ उत्पादित दुधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर दूध बिक्री वितरण हुन सकिरहेको छैन। छिमेकी मुलुक भारतबाट अवैध रुपमा कच्चा दूध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भइरहेको कारण नेपाली किसानले उत्पादन गरेको दुध बिक्री भइरहेको छैन भन्ने सूचनाहरु प्रकाशनमा आएका छन् ।
लम्पी स्किन रोगको महामारीका कारण ६९ हजारभन्दा बढी पशुहरू मरेको र १५ लाख ३६ हजार १८० पशुहरू संक्रमित भएकोमा दुधको अभाव हुने अनुमान गरिएकोमा यति छोटो समयमा मिल्क होलिडे हुने अवस्था सिर्जना हुनुले भारतबाट औपचारिक रुपमा दुध आयात भइरहेको छ भन्ने कुराको पुष्टि गर्दछ ।
एकातिर लम्पी स्किन रोगको कारण पशुपालक किसानहरू ७५ अर्बभन्दा बढी रकम बराबरको क्षति बेहोर्न बाध्य भएका छन् भने अर्कोतर्फ बिक्री गरिएको दुधको करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरुले किसानहरुलाई भुक्तानी दिएका छैनन्। लम्पी स्किन रोगबाट भएको क्षतिले आजित भएका किसान पुन दुध नबिक्दा र बिक्री भएको दुधको समेत समयमा भुक्तानी नपाउँदा झनै समस्यामा परेका छन्। यस प्रकारका समस्याहरुले दुग्ध उत्पादक किसान तथा व्यवसायिक दुग्ध उत्पादक किसान विस्थापित हुनुपर्ने परिस्थितिप्रति हामीहरु दुखित छौँ । हामीले हाम्रा समस्याहरु समाधानका लागि विभिन्न कार्यक्रमहरु मार्फत नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान गर्न ठोस पहल भएन । तसर्थ दुग्ध उत्पादक किसानहरुले ब्यहोर्नु परेका निम्न समस्याहरु समाधानका लागि आन्दोलनमा उत्रन हामी बाध्य भएका छौ ।
मागहरू
१ दूधको भुक्तानी गर्न बाँकि बक्यौता रकम तुरुन्त भुक्तानी गरियोस् ।
२ नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाइयोस् ।
३ भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गरियोस् ।
४ दुधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गरियोस् ।
५ बिक्री नभएको दूधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुनबाट रोकियोस् ।
६ नेपाललाई खोरेत रोगमुक्त घोषणा गरी दूध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरी बजारको खोजी गरियोस् ।
७ नेपाल प्रहरी तथा नेपाली सेनालगायतका निकायहरूले नेपाली दूतको अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरियोस् र त्यहाँ नेपाली किसानबाट उत्पादित दुध र दुग्धजन्य पदार्थ खरिद गरियोस् ।
८ बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान दिने दूतलाई विद्यालयमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रममा समावेश गरियोस् । यस कार्यक्रमलाई सफल पार्न नेपाली कृषकबाट उत्पादित दूत खरिद गरियोस् ।
९ किन रोगबाट पशुमा क्षति पुगेका किसानलाई तोकिएबमोजिमको राहत सहज र सरल विधिबाट उपलब्ध गराइयोस् साथै पीडित किसानलाई राहत र पुनःस्थापना गर्ने गरी विशेष प्याकेज कार्यक्रम ल्याइयोस् ।
१० विमित किसानहरूको बीमा रकम भुक्तानी गर्ने व्यवस्था गरियोस् । भुक्तानी नगर्ने बीमा कम्पनीलाई कारबाही गरियोस् ।
११ सरकारले भुक्तानी गर्नुपर्ने अनुदान बीमाको रकम यथाशीघ्र उपलब्ध गराई विमित किसानको बीमा रकम भुक्तानी गरियोस् र अनुदान बीमा सुचारु गरियोस् ।
१२ निम्न आय भएका नागरिकलाई आधार कार्ड प्रदान गरी निःशुल्क तथा न्यून मूल्यमा दूध तथा दुग्धजन्य पदार्थ वितरण गरियोस् ।
१३ लागत मूल्य घटाउने कार्यक्रम अन्तर्गत दूधमा कम्तिमा रु ५ सबै प्रदेशमा किसानलाई अनुदान दिइयोस्। साथै पशु आहार औषधि लगायत पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य वृद्धि अभिलम्बन नियन्त्रण गरियोस् ।
१४ निर्यात गरिने दुग्धजन्य पदार्थमा अनुदान व्यवस्था गरियोस् ।
१५ अन्तर्राष्ट्रिय व्यापार प्रवर्धनका लागि छिमेकी मुलुक तथा अन्य देशहरूसँग कुटनीतिक पहल गरी दुग्ध तथा दुग्धजन्य पदार्थ निर्यात गर्ने व्यवस्था मिलाइयोस् ।
१६ कानुनद्वारा समग्र कृषि उत्पादनहरूको समर्थन मूल्य निर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था गरियोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार