नेपाल एयरलाइन्स सुधारका उपाय खोज्न बनेको समितिले बुझायो प्रतिवेदन
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १४:३७:३१
१७ फागुन, काठमाडौं । नेपाल एयरलाइन्सको संरचनागत सुधार अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अध्ययन तथा कार्यान्वयन गर्न समिति बनाइएको थियो । यो चौथो प्रतिवेदन हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वमा समिति बनाएको थियो । सो प्रतिवेदन कार्यान्वयन गर्न पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वमा समिति बनेको थियो । सो समितिले बिहीबार चौथो प्रतिवेदन बुझाएको हो ।
समितिले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनमा मुख्य गरी चार वटा बुँदा समावेश गरिएको छ । आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने सुझाव दिइएको छ ।
निगमलाई आर्थिक रूपले प्रभावकारी बनाउन सोल्टी होटलको शेयर बिक्री गर्ने र निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार