सिटिजन्स बैंकमार्फत नेपालबाट भारत र भारतबाट नेपालमा पैसा पठाउन सकिने
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १५:९:२८
१७ फागुन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा सेवासुविधाहरु पस्कने क्रममा फोन पे नेटवर्क सँगको सहकार्यमा क्रसवोर्डर व्यवसायीक भुक्तानी सेवा सुरुवात गरेको छ । यस सेवा अन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यू.आर. (QR) भुक्तानी सेवा लिएका व्यवसायहरूमा कारोबार गर्दा भारतीय एपमार्फत भुक्तानी गर्न सकिने छ ।
हाललाई यस्तो सेवा भारतीय एप भीम र फोन पे एपमार्फत नेपालस्थित सिटिजन्स बैंकका फोन पे क्यू.आर. (QR) मार्फत गर्न सकिने भएतापनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारोबार गर्न मिल्ने व्यवस्था गर्न लागिएको छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख२६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार