साम्बा बिना अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउसहित मैदानमा उत्रिँदै नेपाल
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १५:३७:५०
१७ फागुन,काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिबिहीन नेपाली महिला राष्ट्रिय फुटबल टोली आज पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपाली टोली समूह चरण र सेमिफाइनलमा देखाएको उत्कृष्ट खेल कौशललाई फाइनलमा पनि निरन्तरता दिँदै उपाधिबिहीन यात्रामा पूर्णविराम लगाउने दाउमा छ ।
तर प्रतियोगिताको बलियो टोली जोर्डनविरुद्धको खेल भने नेपालका लागि पक्कै पनि सहज हुने छैन । साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटी रङ्गशालामा हुने फाइनलमा दुवै टोली उपाधिका उत्तिकै दाबेदार मानिएका छन् ।
त्यसैमाथि टोलीको मुख्य खेलाडी सावित्री भण्डारी 'साम्बा'को अनुपस्थितिको भरपाई सहज नहुनसक्छ । नेपाली टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेकी साम्बाको ठाउँ कस्ले लिने भन्ने चिन्ता पनि थपिएको छ ।
साम्बा एन अभान्ट ग्वेंगाम्पसँगको व्यावसायिक सम्झौताका कारण फ्रान्स जानु परेपछि फाइनल गुमाएकी हुन् । उक्त क्लबसँगको सम्झौताअनुसार उनलाई फिफा विन्डोको खेल मात्रै खेल्ने अनुमति थियो । समूह चरण र सेमिफाइनलका खेल फिफा विन्डोभित्र परे पनि फाइनल खेल फिफा विन्डो बाहिरको खेल भएकाले उनी फाइनल खेल्न नपाएकी हुन् ।
अखिल नेपाल फुटबल सङ्घका प्रतिनिधि तथा खेल विश्लेषक सञ्जीव मिश्र जोर्डन बलियो टोली भए पनि उपाधि नेपालले नै जित्नेमा आफू विश्वस्त रहेको बताउँछन् । साम्बाको अनुपस्थितिमा नेपाललाई केही अप्ठ्यारो भए पनि फुटबल ‘टिम गेम’ भएकाले अन्य खेलाडीले साम्बाको अभाव हुन नदिने उनको विश्लेषण छ । “यो टिम गेम हो, साम्बा टोलीमा महत्वपूर्ण खेलाडी भए पनि उनको अनुपस्थितिमा अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेमा म विश्वस्त छु”, उनले भने ।
नेपाली पुरुष फूटबल टोलीका पूर्व कप्तान तथा पूर्व प्रशिक्षक हरि खड्का नेपाली टोलीलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी साम्बाको अनुपस्थितिले टोलीलाई मानसिक दबाबमा पु¥याउन सक्ने धारणा राख्छन् । “उपाधि जित्ने दाउमा रहेको नेपालका लागि फाइनलमा साम्बाको भूमिका महत्वपूर्ण हुने नै थियो । तर टोलीका अन्य खेलाडीले उत्कृष्ट खेल खेल्नेमा मलाई विश्वास छ”, उनले भने ।
नेपालले खेलेका यसअघिका खेलमा साम्बाको ठूलो भूमिका थियो । समूह चरण र सेमिफाइनल गरी भएका चार खेलमा नेपालले कूल १५ गोल गर्दा दुई गोल खाएको थियो । नेपालले गरेका १५ मध्ये नौ गोल साम्बा एक्लैले गरेकी थिइन् । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो ।
जोर्डनले पनि प्रतियोगिताका यसअघिका खेलमा उत्कृष्ट खेल प्रदर्शन गरिसकेको छ । सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गरेको जोर्डनले जारी प्रतियोगितामा विपक्षी चार टोलीको पोस्टमा १३ गोल गरेको छ भने जम्मा एउटा गोल खाएको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा जोर्डनले साउदी अरेबियाविरुद्ध एक गोल खाएको थियो ।
जोर्डन वाफ च्याम्पियनसिपको पछिल्लो तीन संस्करणसहित पाँच पटकको विजेता टोली पनि हो । विश्व वरियतामा नेपाल जोर्डनभन्दा ३१ स्थानमाथि छ । जोर्डन ७४औँ स्थानमा छ भने नेपाल एक सय पाँचौ स्थानमा छ । नेपाल र जोर्डन जारी प्रतियोगिताका अपराजित टोली हुन् । सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ गोलअन्तरले पराजित गरेको थियो भने जोर्डनले प्यालेस्टाइनलाई ५-० ले हराएको थियो । दुवै समूह चरणमा पनि अपराजित थिए ।
जोर्डनले समूह चरणमा साउदी अरेबियालाई ३-१ ले, ग्वामलाई ३-० र लेबनानलाई २-० ले पराजित गरेको थियो । साथै नेपालले सिरियालाई ४-१, इराकलाई ५-० र प्यालेस्टाइनलाई ४-०ले पराजित गरेको थियो । नेपाली टोलीमा गोलरकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् भने डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी छन् ।
त्यसैगरी मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दीपा शाही, बिमला चौधरी र सरस्वती हमाल छन् । फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर छन् । खेल आज राति पौने १० बजे सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार