प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतबीच देखियो खटपट
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १७:३२:५६
१७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच मनमुटाव देखिएको छ । मन्त्री महतको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट देखिएका छन् । उनले अर्थमन्त्रीको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै अहिलेसम्म भएको २४ प्रतिशत पुँजीगत खर्चले अर्थतन्त्र चलायमान भएको भन्न नमिल्ने भन्दै असन्तुष्टि देखाएका हुन् ।
बिहीबार सिंहदरबारमा सरकारको नीति तथा कार्यक्रम र बजेटको अर्ध वार्षिक समीक्षा गर्दै उनले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यअनुसार काम हुन नसकेको बताए । प्रधानमन्त्री प्रचण्डले माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशतमात्र संकलन भएको बताए । उनले पुँजीगत खर्च त २४ प्रतिशतभन्दा कम भएको भएको भन्दै पूँजी निर्माण नभई विकासले गति नलिने भन्दै अर्थमन्त्रीप्रति रोष प्रकट गर्दै यो स्थितिमा अर्थतन्त्र चलायमान नहुने जिकिर गरे ।
प्रधानमन्त्रीले थपे, ‘चालू आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोन मध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालू आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै सुरू नै हुन नसक्नुले हाम्रो कार्य क्षमतामाथि नै प्रश्न उठेको छ । माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको देखिन्छ । अझ पुँजीगत खर्च त २४ प्रतिशत भन्दा कम भएको छ । पुँजी निर्माण नभइ विकासले गति लिँदैन भन्ने कुरा सबैलाई थाहा छ । अर्थतन्त्र पनि त्यो स्थितिमा चलायमान हुन सक्दैन । आफैंले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन हामीसँग अहिले पनि चित्तबुझ्दो उत्तर छैन ।’
अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको खटपटको चर्चाबीच प्रधानमन्त्री दाहालले आफैंले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन ? भन्ने प्रश्नको उत्तर चित्तबुझ्दो नभएको बताएका छन् । उनले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यअनुसार काम हुन नसकेको बताए । योजना तथा कार्यक्रमहरू निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको भन्दै उनले मनोगत ढंगबाट लक्ष्यहरू निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको सुनाए ।
प्रधानमन्त्री दाहालले अर्थमन्त्री अर्थमन्त्री लक्षित गर्दै मनोगत रूपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखा परेको बताए । माघ मसान्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोन मध्ये ३६ प्रतिशत मात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालू अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको अवस्था रहेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्रीले भने, ‘हाम्रा प्रतिवद्धताहरु अर्को ठाउँमा छन् । हामीले गएको श्रावण महिनामा आफैंले तयार पारेका माइलस्टोनहरु जसरी तोकियो, त्यो त हामीले नै बसेर तोकेको हो । त्यतिबेला पर्याप्त वस्तुगत र वस्तुवादी हुन सकेनौँ । अलि बढी मनोगत भयो । ती माइलस्टोनहरू अहिले हेर्दा परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको छ । हामीले जसरी लक्ष्य निर्धारण गर्नुपर्ने हो, त्यो लक्ष्य निर्धारण गर्ने कुरामा पनि मनोगत भएका छौं । यथार्थ धरातलसँग त्यति मिलेका छैनन् भन्ने कुरा देखियो । हामीले माघ मसान्तसम्म सम्पन्न हुनुपर्ने भनेर १ हजार ७ सय ६७ वटा माइलस्टोन मध्ये ३६ प्रतिशत मात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालू अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको देखियो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार