मानव बेचबिखन अभियोगमा संलग्न भएको आरोपमा पक्राउ
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार २१:५:३२
१७ फागुन, काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभनमा पारी एक महिलालाई श्रीलङ्का पु¥याई बेचबिखन गरेको आरोपमा मियाँलाई पक्राउ गरेको प्रहरीकोे मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । मियाँले पीडित महिलालाई सुनौली हुँदै भारतको नयाँदिल्ली पु¥याई त्यहाँका एजेन्टमार्फत श्रीलङ्का पठाएको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।
पीडित महिला श्रीलङ्का पुगेपछि त्यहाँ उनलाई ६८ दिनसम्म राहदानीलगायत कागजात जफत गरी बन्धक बनाएर राखेको खुलेको छ ।
उनलाई मानसिक यातना दिने तथा कुटपिट गर्ने गरेको पाइएको प्रवक्ता फुँयालले बताए । पक्राउ परेका मियाँलाई जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार