मन्त्रीको आयु एकहप्ता मात्र, सेट नै फेर्ने सहमति
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार २१:३९:२१
१७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद हेरफेर हुने भएको छ । नेपाली कांग्रेस र माओवादीमा मन्त्रीको सेट नै परिवर्तन गर्ने सहमति भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मन्त्री हेरफेर गर्न अनौपचारिक रुपमा नाम मागिएको बताएका छन् ।
कांंग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीलाई यसबारे छलफल गरी निर्णयमा पुग्न निर्देशन दिएका थिए । खड्का नेतृत्वको टोली र माओवादी नेताबीच भएको छलफलमा मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी जुटेको हो ।
फागुन २१ गतेभित्र सबै मन्त्री हटाएर नयाँ नियुक्त गर्ने समझदारी जुटेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार नै कांग्रेस लगायतका दलहरूसँग एक साताभित्र नाम मागेका थिए । प्रधानमन्त्री बाहेक सबै मन्त्री आगामी २० गतेभित्र हेरफेर गर्ने लगभग सहमति भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार