प्रेमीसँग मिलेर छोरीको हत्या गर्ने आमालाई मृत्युदण्डको सजाय
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार ११:१३:१५
१८ फागुन, कोलकत्ता । कोलकत्ता महानगरसँग जोडिएको हावडा जिल्लाको अदालतले बिहीबार आमा र उनका प्रेमीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
आमाले प्रेमीसँग मिलेर गरेकी छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो ।
बिहीबार अदालतले दुवै दोषीलाई मृत्युदण्डको फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।सो हत्या सन् २०१५ को डिसेम्बरमा भएको थियो ।
हावडा जीआरपीले फलकनामा एक्सप्रेसको झोलाबाट एक बालकको विकृत शव बरामद गरेको थियो, त्यसपछि सो घटनाको सनसनी खुलेको थियो ।
समाचार अनुसार हसिना सुल्ताना आन्ध्र प्रदेशको गुन्टुरस्थित आफ्नो ससुरा घर छोडेर बच्चासहित प्रेमीसँग भागेकी थिइन् । त्यसपछि उनी आफ्नो प्रेमी भानु शाहसँग हैदरावादको बंजारा हिल्स क्षेत्रमा बस्न थालेकी थिइन् । उनको प्रेमी त्यहाँ भाडाको घरमा बस्थे तर हसिनाका छोरी जिसान उनीहरु दुबैको बीचको प्रेममा बाधक बन्न पुगिन् । त्यसैले आफ्नो प्रेमीको सहयोगमा जिसानकी आमा हसिनाले प्रेमीसँग मिलेर छोरीको हत्या गरिन, जुन निकै बिभत्स अवस्थामा शव भेटिएको थियो ।
उता, छोरी र नातिनी नभेटिएपछि सुल्तानाका परिवारले उनको फोटोसहित प्रहरी चौकीमा हराएको उजुरी दिएका थिए । हावडा स्टेशनमा जिसानको शव फेला परेपछि ती तस्विरहरूको आधारमा अनुसन्धान अघि बढ्यो र जिसानको हत्या भएको खुल्न गयो । त्यसपछि सुरू भएको प्रहरी अनुसन्धान अनुसार हावडा जीआरपीले सुल्ताना र उनका प्रेमी भानुलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो ।
सरकारी वकिल अरिन्दम मुखोपाध्यायले फास्ट ट्र्याक अदालतका न्यायाधीशले प्रमाणका आधारमा दुवैलाई दोषी ठहर गरेको बताए । उनले दुवैलाई मृत्युदण्डको सजाय सुनाएको जानकारी दिएका छन । तर, दोषीका वकिल फिरोज सरकारले फाँसीको आदेशलाई उच्च अदालतमा चुनौती दिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार