इजरायली आक्रमण जारी: खाना कुरिरहेका प्यालेस्टाइनी माथि बम वर्षा, १०४ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार ११:३२:२३
१८ फागुन, गाजा । गाजामा युद्ध विरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ ।
सो घटनामा परी २८० जना घाइते भएका छन्। इजरायल–हमास युद्ध सुरु भएदेखि हालसम्म ३० हजार ३५ प्यालेस्टिनी मारिएका छन् भने ७० हजार ४५७ जना घाइते भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उता, इजरायली प्रवक्ताले गाजा अधिकारीहरूको आरोपलाई अस्वीकार गर्दै घटना भएको भनिएको ठाउँमा कुनै गोलाबारी नभएको जिकिर गरेका छन ।
उही समयमा प्यालेस्टिनी अधिकारीहरूले एक अस्पतालले त्यहाँ १० जनाको शव लगिएको बताएको बताए। अक्टोबर ७ हमासको हमलापछि इजरायलको हवाई, सामुद्रिक र स्थल हमलाले गाजा शहर र उत्तरी गाजा वरपरको क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको छ। लगातारको आक्रमणका कारण तीन चौथाइ जनसंख्या विस्थापनको सिकार भएका छन् ।
साथै, हमलाका कारण गाजाका जनतालाई सहायता पुर्याउन कठिन भएको मानवीय सहायता प्रदान गर्ने संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन्। तर इजरायलले संयुक्त राष्ट्रसंघीय निकायको दाबीलाई अस्वीकार गरेको छ। इजरायली एजेन्सी कोगाटले चिकित्सा सहायतामा अवरोध गरेको आरोप निराधार भएको बताएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार