सर्लाहीमा १४ लाख बढी रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार ११:५०:४३
१८ फागुन, सर्लाही । पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रूपैयाँसहित एकजना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले बिहीबार दिउँसो चेकजाँचको क्रममा प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकल चढेका पाख्रिनले बोकेको झोलामा १४ लाख १० हजार रुपैयाँ फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले बताएका छन्।
बरामद रकमको पाख्रिनले स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो। हाल उनी इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको तथा हुण्डी कारोबारमा संलग्न रहेको सर्लाही प्रहरीको अनुमान रहेको छ।
सर्लाहीका नयाँ प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीको सक्रियतामा यतिबेला धमाधम तस्कर र दुई नम्बरी व्यक्तिहरु पक्राउ पर्न थालेका छन् । भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीति लिएका एसपी ज्ञवालीले सर्लाही जिल्लालाई शान्ति सुरक्षाको दृष्टिले चुस्तदुरुस्त र तस्करी नियन्त्रणमा विशेष जोड दिदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार