अन्तःशुल्क स्टिकर छाप्दा २३ करोड भ्रष्टचारको आशंका
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार १४:१०:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/tax_2_lPiWfIaMR8_KmcGvR9pRq.png)
१८ फागुन, काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजश्व विभागद्वारा जारी हुने अन्तःशुल्क स्टीकर छाप्दा सरकार कै मातहतको सुरक्षण मुद्रण केन्द्रको प्रस्तावित मूल्य महँगो परेको छ । स्टिकर छाप्नका लागि सबै प्राविधिक तयारी पूरा गरेर केन्द्रले पहिलो वर्ष ४३ करोड ३२ लाख स्टिकर छाप्दा प्रति स्टीकर ०.८८ पैसा मूल्यमा छपाई गर्दा महँगोमा परेको हो । जब कि यसअघि मद्रास प्रेसले छाप्दा जम्मा १२ देखि १८ पैसा पर्ने गर्थ्यो । ‘समग्रमा अहिले केन्द्रले स्टिकर छपाइको लागत २३ करोड बढी परिरहेको छ’, आन्तरिक राजश्व कार्यालयका एक उच्च कर्मचारीले भने । एक वर्ष अघि नै निर्णय भएकाले यसको छपाई शुरु भइसकेको पनि स्रोतले जनाएको छ ।
सरकारले नै स्थापना गरेको सुरक्षण मुद्रण केन्द्रबाट पहिलोपटक स्टिकर छपाई सुरु हुँदा नै महँगो परेपछि अनियमितता भएको आशंका गरिएको छ । केन्द्रले नेपालमै स्टीकरको छपाइ गर्दा अहिले आन्तरिक राजश्व विभागले छापिरहेको लागतको तुलनामा सात गुणा बढी महँगो लागतमा छपाइ हुने गरेको हो । छपाइमा अनुभव भएका व्यवसायी तथा अधिकारीहरूले नै केन्द्रको छपाइ लागत अस्वाभाविक भन्दै आलोचना गरेका छन् । आन्तरिक राजस्व विभागले बर्सेनि ४ अर्बभन्दा बढी संख्यामा स्टिकर छपाइ गर्दै आएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विदेशी कम्पनीबाट छपाइ गर्दै आएको विभागले विगतमा भारतीय कम्पनी मद्रास सेक्युरिटीसँग सम्झौता गरेर छपाई गर्दै आएको थियो ।
मद्राससँगको सम्झौताअनुसार विभागले प्रति स्टीकर १२ पैसामा पाइरहेको थियो । यदि प्रतिस्पर्धा नै नभए पनि बढीमा १८ पैसा प्रतिस्टिकर अहिले बजारको स्वभाविक दर भएको बताइन्छ । तर केन्द्रले भने प्रति स्टीकर ८८ पैसामा छाप्न थालेको हो । आन्तरिक राजस्व विभागलाई आपूर्ति गर्नका लागि भन्दै केन्द्रले छाप्न थालेको स्टिकर छपाइको लागत ८८ पैसाभन्दा माथि जाने देखिएको सुरक्षण मुद्रण केन्द्र उच्च स्रोतले जनाएको छ । ‘यसमा विभागले केही भुक्तानी पनि गरिसकेको छ, त्यही भएर ८८ पैसा भन्दा जाने हाम्रो अनुमान हो’, स्रोतले भन्यो ।
स्रोतका अनुसार सुरक्षण मुद्रण केन्द्रसँग स्टिकर छाप्नका लागि दुई वटा मेसिन छन् । तर आफ्नै मेसिन भएको केन्द्रले एउटा निजी कम्पनीलाई छपाइको जिम्मेवारी दिएको छ । छपाइको क्रममा चाहिने मेसिन, बिजुली तथा जनशक्ति, सुरक्षा सबैको जिम्मा आफै लिएको विभागले एउटा कम्पनीलाई ३८ करोड ६७ लाख रुपैयाँमा छपाइको जिम्मेवारी दिएको थियो । स्रोतका अनुसार केन्द्रले प्रिन्ट सेल प्रालि ललितपुरलाई यसको जिम्मेवारी दिएको छ । यो जिम्मा पाउने कम्पनीले एक वर्षमा ४३ करोड ३२ लाख स्टिकर छपाइका लागि मसी, कागज र सफ्टवेयरको व्यवस्था गर्ने छ । यस बाहेक छपाइको क्रममा मेसिनरी पार्ट्समा समस्या देखिएमा मर्मतको काम पनि उसैको हुने भएको छ ।
मसी, कागज र र छपाइबाहेक कम्पनीले केन्द्रका कर्मचारीलाई तालिम पनि दिएको छ । आन्तरिक राजश्व विभागले त्यसअघि पनि नेपालमै केही स्टिकर छपाइ गरिरहेको थियो । विभागले जनक शिक्षा सामग्रीबाट छपाइ गर्दा पनि अन्तिम लागत प्रति स्टीकर ३५ पैसा परेको स्रोतको दावी छ । भारतीय कम्पनी मद्राससँग सम्झौता हुँदा १२ पैसा परेको थियो भने अमेरिकी डलरमा सम्झौता भएकाले डलरको भाउअनुसार तलमाथि भइरहेको थियो । त्यसैले यसको मूल्य १५ पैसाभन्दा माथि गएको थियो । विगतमा नेपालमै छापिरहेको स्टिकरकै लागतभन्दा अहिले दोब्बरभन्दा बढी लागतमा केन्द्रले स्टिकर छपाइ गरिरहेको छ । जनक शिक्षा सामग्रीले छाप्दा पनि ३५ पैसा परेको छ । यही लागतको तुलना गर्दा पनि २३ करोड बढी लागतमा केन्द्रले छपाइ गर्न थालेको हो ।
केन्द्रले यो स्टिकर छाप्ने निर्णय गर्दा कार्यकारी प्रमुखमा विकल पौडेल रहेका थिए । हाल उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका छन् । केन्द्रका कार्यकारी निर्देशक पौडेल यसअघि पनि विवादमा परेका थिए । विवादित खरिद प्रक्रियामा सामेल भएका पौडेललाई केपी ओली सरकारदेखि देउवा सरकारले साथ दिँदै आएका छन् । अहिले प्रचण्ड सरकारले पनि त्यही राखेको थियो । अहिले यो स्टिकर छपाई शुरु भइसकेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार